आज:  | Tue, 25, Jun, 2024

माछापुच्छे बैंकले हस्तान्तरण गर्‍यो १० लाख रुपैयाँ दुर्घटना बीमा रकम ।

युथ अफ वीरगंज May 13, 2024मा प्रकाशित (१ महिना अघि) ५५१०५ पाठक संख्या


माछापुच्छे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।
बैंकका खातावाला लालबाबु प्रसाद यादवको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती सोभा यादवले दाबी अनुसार न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको बैंकले बताएको छ।

माछापुच्छे बैंकका चिफ बिज़नेस अफिसर श्री डिल्लीराम गिरी, मदेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखा प्रमुख सुशिल थपलियाले उक्त मृत्‍यु दाबी चेक यादवकी श्रीमती सोभा यादवलाई रकमको चेक हस्तान्तरण गरेका हुन्।

बैंकले न्यु स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाख बिभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पातल भर्ना एवं औषधी उपचार बिमा सुबिधा प्रदान गर्दै आइरहेको छ ।