आज:  | Wed, 19, Jun, 2024

वीरगञ्जको मुर्लीमा मेयर सिंहले गरे स्वास्थ्य चौकी भवनको शिलान्यास

युथ अफ वीरगंज May 13, 2024मा प्रकाशित (१ महिना अघि) २४७९ पाठक संख्या

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र वडा नम्बर १२ का वडाअध्यक्ष सुरेश गुप्ताले सयुँक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वास्थ्य चौकी भवन निर्माण भएपछि वडाका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । १७ चैत २०८० मा स्वास्थ्य चौकी भवन निर्माणका लागि दिब्य सूर्याेदय आस्था जे.भि.सँग वीरगञ्ज महानगरपालिकाले सम्झौता गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाले ८६ लाख ३६ हजार ६९६.६२ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको हो । स्वास्थ्य चौकी भवन निर्माण यही असार १५ गतेसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि भाडामा सञ्चालित स्वास्थ्य चौकी भवन निर्माणपछि आफ्नै भवनमा सञ्चालन आउने वडाअध्यक्ष गुप्ताको भनाई छ । स्वास्थ्य चौकीमा अहिले ५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराई, वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारीवीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का पूर्व वडाअध्यक्ष रामदरश कुश्वाह, जनप्रतिनीधि, बुद्धिजिवी, समाजसेवी तथा स्थानीयको उपस्थिती रहेको थियो ।