आज:  | Tue, 25, Jun, 2024

वीरगञ्जमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न ब्युटिफुल स्माइल्स डेन्टल क्लिनिक सञ्चालन

युथ अफ वीरगंज May 22, 2024मा प्रकाशित (१ महिना अघि) ४४७१० पाठक संख्या

वीरगञ्ज । वीरगञ्जमा ब्युटिफुल स्माइल्स- अ स्पेसलिस्टस  डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिका – ५ नगवा चोक देखि पश्चिम कुम्हाल टोलमा अत्याधुनिक सुविधासहित ब्युटिफुल स्माइल्स- अ स्पेसलिस्टस डेन्टल क्लिनिक सञ्चालनमा आएको हो ।

दन्त रोग विशेषज्ञ कन्सल्ट्यान्ट डा. भास्कर कुशवाहा ले वीरगञ्जमै पहिलो पटक अत्याधुनिक र सुविधा सम्पन्न डेन्टल क्लिनिक सञ्चालनमा ल्याएका हुन् । क्लिनिकमा आधुनिक प्रविधि तथा उपकरणहरूबाट दाँत, मुख तथा गिजा सम्बन्धी गुणस्तरीय उपचार गरिने डा. कुशवाहा ले जानकारी दिए ।

डा. कुशवाहाका अनुसार ब्युटिफुल स्माइल्स डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजाको सम्पूर्ण चेकजाँच गरिनुका साथै डिजिटल एक्स-रे, दाँत सफा गर्ने तथा टल्काउने, दाँत भर्ने, दाँत उखेल्ने, दाँतको जरै देखि उपचार गर्ने, बुद्धि बङ्गारा निकाल्ने, बाङ्गो टीङ्गो दाँत मिलाउने, कृतिम दाँत लगाउने, डेन्टल इम्प्लान्ट गर्ने (दन्त प्रत्यारोपण) गर्ने, कृत्रिम आँखा, कान, नाक लगाउने कार्यहरू अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीले अत्याधुनिक मेसिनको प्रयोगले गर्ने गरेका छन् । क्लिनिक मा विभिन्न विद्या मा MDS गरेका विषेशज्ञ हरु को टीम नी रहेको बताइए को छ।

क्लिनिकमा बालबालिकाहरूका लागि पनि उपचारको व्यवस्था रहेको उनले बताए । “हाम्रो क्लिनिकमा बच्चाहरूको दन्त उपचार पनि गरिन्छ,” डा. कुशवाहा ले भने, “यहाँ बच्चाहरूको दाँत को उपचार गर्नुका साथै कस्मेटिक डेन्टिस्ट्री, दाँत तथा अनुहारको चोटपटकको उपचार, अनुहारमा भएको दाग, धब्बा, मसाहरू निकाल्ने, तालु चिरिएको बिरामीलाई खान मदत पुर्‍याउने प्लेट लगाउने लगायतका अन्य विभिन्न उपचार तथा सेवाहरू पनि उपलब्ध छन् ।”

क्लिनिकका सञ्चालक डा. भास्कर कुशवाहा ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिडीएस अध्ययन गरेका छन् भने एमडीएस इन Prosthodontics अर्थात् कृतिम दाँत लगाउने विषेशज्ञ को अध्ययन त्रिभुवन विश्वविद्यालयबाट गरेका छन् ।

 वीरगञ्जमा दन्त क्लिनिकहरू रहे पनि अत्याधुनिक सुविधासहितको क्लिनिक डा. कुशवाहाले पहिलो पटक सञ्चालनमा ल्याएको दाबी गरेका छन् ।