
वीरगंजमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आयोजनामा ३०४औँ पृथ्वीनारायण शाह जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत माइस्थानमा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताहरूले र्याली निकाल्दै घण्टाघर पुगेका थिए। त्यहाँ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरमा फूलमाला र अबिर अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यसपछि आयोजित सभामा विभिन्न नेताहरूले आफ्नो धारणा राखे।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका संस्थापक अध्यक्ष श्री रामबहादुर थापाले पृथ्वीनारायण शाहको एकीकरण अभियानले आधुनिक नेपालको आधार तयार गरेको उल्लेख गरे। उनले राष्ट्रिय एकता, पहिचान र सार्वभौमसत्ताको संरक्षण आज झनै आवश्यक बनेको बताए।
सभामा केन्द्रीय सदस्यहरू गण अंगद ठाकुर, प्रदीप सुवेदी र बिना जैसवालले राष्ट्रिय एकता दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। राप्रपा पर्साका जिल्ला सभापति सुमेश्वरनाथ उपाध्यायले संगठन विस्तार गर्दै राष्ट्रवादी विचारधारालाई जनस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
उपसभापति मनोज मिश्रा, जगरनाथ प्रसाद कुर्मी, सचिव पन्नालाल पटेल, प्रवक्ता शम्भु घिमिरे, वरिष्ठ नेता अरुण श्रेष्ठ, मीरा झा, रमिता माया गुप्ता, राज प्रताप सिंह, क्षेत्रीय सभापति अर्जुन सिंह ठकुरी, अनिल कुशवाहा, विनय झा, चन्दन मिश्रा, नवीन प्रसाद यादव लगायतका नेताहरूले पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकता र वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो विचार राखे।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी तथा युवा नेता बरुण चौरसियाले युवाहरूले इतिहास, संस्कृति र राष्ट्रवादी मूल्य आत्मसात गर्दै देश र समाजको हितमा सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले राष्ट्रनिर्माताका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा राप्रपाका नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा चिनियाँ कम्पनीसँग मिलेमत्तो भएको भन्दै कांग्रेस र एमालेका नेताहरूलाई समेटेर मुद्दा दायर गरेपछि देशको राजनीतिक वातावरण चर्किएको छ। मुद्दा सार्वजनिकसँगै दुवै दल संसद पुनर्स्थापनाकाे एजेन्डामा नजिकिँदै गएको देखिन्छ।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा देखिएको अनियमितता अब केवल एक ठेकेदार कम्पनी वा केही अधिकारीको व्यक्तिगत स्वार्थमा सीमित देखिँदैन। अख्तियारले दायर गरेको मुद्दाले धेरै गहिरो समस्या उजागर गरेको छ। यो केवल प्रशासनिक कमजोरी होइन, कूटनीतिक प्रभावको गलत प्रयोगसमेत भएको संकेत दिने घटनाक्रम बाहिर आएको छ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज आयोजित कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ ।