वीरगन्ज,१७ साउन : स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पुरस्कार वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई ५१ हजार रुप्ेयाँ राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
शनिबार बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ अन्नपूर्णपोष्ट पत्रिकाका पर्सा जिल्ला संवाददाता ततथा मधेस खबर अनलाइन पत्रिकाका अध्यक्ष शाहलाई दिने निर्णय गरेको हो ।
यस्तै बैठकले उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा आर्थिक अभियान दैनिकका संवाददाता ओमप्रकाश खनाल र उत्कृष्ट संवाददताका रुपमा प्रतीक दैनिक र मधेस खबरका संवाददाता प्रमोद यादवलाई सम्मानित गर्ने निर्णयपनि गरेको छ ।
आगामी भदौं १ गते प्रतीक दैनिकको वार्षिक उत्सवका दिन पत्रकार शाह, खनाल र यादवलाई पुरस्कृत गरिने प्रतीक प्रकाशन समुहले जनाएको छ ।
दुर्गाद्वात्रिंशन्नाममाला, सिद्ध कुञ्जिका स्तोत्र तथा दुर्गा मानस पूजा ऐच्छिक पाठ हो। दुर्गा पाठका अन्यान्य अरू पनि पाठका प्रकारहरू अस्तित्वमा छन्। राम्रो पाठ गर्ने पाठकको लागि केही नियमहरू पनि भी निर्दिष्ट छन–माधुर्यमक्षरव्यक्तिः पदच्छेदस्तु सुस्वरः। धैर्यं लयसमर्थं च षडेते पाठका गुणाः।।