वीरगंज । वीरगंज महानगरपालिकाले नगरक्षेत्र भित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण संवद्र्धनका लागि सूचिकरण गर्ने तयारी थालेको छ ।
त्यसका लागि महानगरपालिकाले प्रेमबाबु पटेलको संयोजकत्वमा सम्पदा व्यवस्थापन उपसमिति नै बनाएर काम अगाडी बढाएको छ ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक आस्थाका पूर्वाधार, स्थायी एवं स्तरोन्नती स्वीकृति प्रयोजनको लागि सम्पदा व्यवस्थापन उपसमिति संयोजकमा पटेललाई महानगर प्रमुख राजेशमान सिंहले जिम्मेवारी दिनुभएको हो ।
शुक्रबार संयोजकमा मनोनयन गरेको पत्र हस्तान्तरण गर्दै महानगर प्रमुख सिंहले महानगर क्षेत्र भित्रका सबै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको सूचिकरण गरी ती स्थलहरुको संरक्षण र संवद्र्धनमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले समितिलाई चाँडै पूर्णता दिइने पनि बताउनुभयो ।
Flash News
वीरगंज । सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ ।
त्रिभुवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मुख्य सडक विस्तारको मुद्दा पेशी आइतबारका लागि थियो । तर सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाई फेरि हेर्न नभ्याइनेमा राखेपछि २४ ओैं पटक उक्त मुद्दाको पेशी सरेको हो ।
वीरगंजको मुख्य सडक विस्तारको मुद्दाको पेशी आइतबार सर्वोच्च अदालतका न्यायधिशद्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलाशमा परेको थियो ।
न्यायाधिशद्वयको इजलासमा यस अघि शुक्रबारकै मुद्धा सुनुवाईको निरन्तरता रहेकाले १ नम्बरमै परे पनि वीरगंज सडक विस्तारको मुद्धा भने हेर्न नभ्याइनेमा रहन पुगेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिए ।
निवेदक लक्ष्मण साह रौनियार, राजकुमारी देवी तुलस्यान, भरत प्रसाद रौनियार र वीरेन्द्र कुमार संघाईले दायर गरेको रिट आजको पेशीमा पहिलो नम्वरमै परेको थियो ।
सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै सडक विस्तार गर्ने तयारी गरे पनि त्यस आसपासका घरधनीहरु बाधक बन्दै आएका छन् ।
२०७६ भदौमा निकालेको १५ दिने सूचनाको म्याद सकिएपछि फेरि म्याद दिएर आयोजना कार्यालयले घरधनीलाई आफ्नो घर आफैं भत्काउन आग्रह गरेको थियो । सडक विस्तार आयोजनाले एक चरण नापीको कामसमेत सम्पन्न गरिसकेको छ ।
हावाहुरीले घर भत्कँदा गम्भीर घाइते भएका बालकको अवस्था बुझ्न मेयर सिंह अस्पतालमा
वीरगंज । गएराति आएको हावाहुरीका कारण वीरगंजको लक्ष्मनवाका विष्णुदेब यादबका ६ वर्षीय बालक नितेश यादब गम्भीर घाइते भएका छन ।
सुतिरहेको समयमा राति १ बजेतिर आएको हावाहुरीले घरको छाना खसेर टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका हुन् ।
घाइते यादबको अहिले एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा उपचाररत यादबको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि सबैसँग उनका बुवा विष्णुदेव यादबले आग्रह गरेका छन् ।
यसैबीच वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह हावाहुरीका कारण घर भत्केर घाइते भएका बालकको अवस्था बुझ्न आफै अस्पताल पुग्नु भएको छ । अस्पताल पुगेर प्रमुख सिंहले घाइतेको उपचारमा महानगरले आवश्यक सहयोग गर्ने भन्दै कुनै कसर बांकी नराख्न अस्पताललाई निर्देशन दिनुभएको छ ।
यस्तै हावाहुरीका कारण गएराति देखि नै अवरुद्ध भएको विद्युत आपुर्ति बिहीबार साँझदेखि मात्रै सुरु भएको छ । केही स्थानमा अझै पनि मर्मतको काम चलिरहेकाले आपुर्ति हुन सकेको छैन ।
गएराति वर्षासहित आएको आँधीहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केही ठाँउको ट्रान्फर्मर पनि खसेपछि महानगर क्षेत्रमा विद्युत आपुर्ति गएरातिदेखि आज दिनभर अवरुद्ध हुनपुग्यो ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगंज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ । वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए । यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिए ।
जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो । ठाँउ ठाँउमा ढलेका पोल, तार र ट्रान्सफर्मर मर्मतको काम दिनभर गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए ।
हावाहुरीले घर भत्कँदा ६ वर्षीय बालक गम्भीर घाइते, विद्युत सेवा अबेर साँझबाट सुचारु
वीरगंज । गएराति आएको हावाहुरीका कारण वीरगंजको लक्ष्मनवाका विष्णुदेब यादबका ६ वर्षीय बालक नितेश यादब गम्भीर घाइते भएका छन ।
सुतिरहेको समयमा राति १ बजेतिर आएको हावाहुरीले घरको छाना खसेर टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका हुन् ।
घाइते यादबको अहिले एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा उपचाररत यादबको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि सबैसँग उनका बुवा विष्णुदेव यादबले आग्रह गरेका छन् ।
यस्तै हावाहुरीका कारण गएराति देखि नै अवरुद्ध भएको विद्युत आपुर्ति बिहीबार साँझदेखि मात्रै सुरु भएको छ ।
गएराति वर्षासहित आएको आँधीहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केही ठाँउको ट्रान्फर्मर पनि खसेपछि महानगर क्षेत्रमा विद्युत आपुर्ति गएरातिदेखि आज दिनभर अवरुद्ध हुनपुग्यो ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगंज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ । वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए । यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिए ।
जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो । ठाँउ ठाँउमा ढलेका पोल, तार र ट्रान्सफर्मर मर्मतको काम दिनभर गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए ।
वीरगञ्ज । वीरगञ्जस्थित स्काइलाइन मलमा मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुराँ सञ्चालनमा आउने भएको छ । खानपिनको क्षेत्रमा विश्वकै लोकप्रिय केएफसी वीरगञ्जमा सञ्चालनमा आउन लागेको हो ।
नेपालमा यस रेस्टुरेन्टको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्रालिले वीरगञ्जको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा केएफसी सञ्चालनमा ल्याएको हो ।
स्काइलाइन मलमा सञ्चालनमा आउन लागेको केएफसी रेस्टुराँले विभिन्न परिकारका स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने मलकी सह-सञ्चालिका आशिमा अग्रवालको विश्वास छ । आशिमा अग्रवालका अनुसार केएफसीमा हट एण्ड क्रिस्पी चिकेनदेखि लिएर स्वादिष्ट चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, र जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछन् । साथै केएफसीको प्रख्यात केएफसी बकेट पनि पाइने आशिमा अग्रवालले बताइन् ।
केएफसी वीरगञ्जको यही साताभित्र भव्य तरिकाले उद्घाटन गर्ने तयारी भइरहेको आशिमा अग्रवालको भनाई छ । उद्घाटनको अवसरमा विशेष अफर र प्रमोसनहरू पनि उपलब्ध हुने आशिमा अग्रवालले जानकारी दिइन् । रेस्टुराँले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । केएफसी रेस्टुरेन्ट बिहान १० बजे देखि राति १० बजेसम्म खुल्ला रहने जनाइएको छ ।
स्काइलाइन मलमा केएफसीसँगै विभिन्न परिकारका पिज्जाका लागि विश्व प्रख्यात “पिज्जा हट”, आइसक्रिमका लागि चर्चित ब्रान्ड “क्रिम बेल” पनि छिट्टै सञ्चालनमा आउने मलका आशिमा अग्रवालले बताइन । उनले केही दिन भित्रै केएफसी, पिज्जा हट र क्रिम बेलको एकै पटक एक भव्य समारोहका बिच उद्घाटन गरिने पनि जानकारी दिइन् ।
मलमा झन्डै ६ महिनादेखि नेपालकै सबैभन्दा लोकप्रिय सिनेमा हल क्यूएफएक्स पनि सञ्चालित छ । त्यस्तै केही दिन भित्रै मलमा विश्व चर्चित होटेल चेन सरोभर पोर्टीको पनि खुल्ने तयारी भइरहेको आशिमा अग्रवालले बताइन् ।
वीरगञ्ज । वीरगञ्जको नबिल बैंकको बाइपास शाखाबाट चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म एक भारतीय सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
चोरीमा संलग्न रहेको आशङ्कामा मङ्गलवार साँझसम्म प्रहरीले नेपाल र भारतका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृतले बताए ।
प्रहरी अधिकृतका अनुसार अहिलेसम्म पक्राउ पर्नेमा रौतहटको बुधरामका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहारको घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् ।
घटनामा संलग्न रहेको आशङ्कामा केही सशङ्कित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ, अझैको खोजी कार्य जारी छ,’ ती प्रहरी अधिकारीले भने, ‘यकिन भइसकेपछि उनीहरूलाई सार्वजनिक गर्छौँ ।’ प्रहरी अधिकृतका अनुसार बैंकबाट चोरी गरिएको सबै रकम चोरहरूले भारतमा पुर्याइसकेका छन् ।
चोरहरूले आइतबार वीरगञ्जको नयाँ बसपार्कस्थित पार्क होटेलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेका ती प्रहरी अधिकृतले बताए ।
बाइपास रोडमा रहेको नबिल बैंकको शाखाबाट गत आइतबार राति चार जनाको सङ्ख्यामा रहेका चोरहरूको समूहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरेर लगेको बैंकको सिसिटिभीको फुटेजमा देखिएको छ ।चोरीमा बैंक कर्मचारीहरूको समेत संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

बिरगंजको पर्यटकीय स्थल भिस्वा डांंडा प्रचार प्रसार कै अभावमा ओझेलमा ।
बिरगंज महानगरपालिका वडा नं १५ मा अवस्थित एतिहासिक महत्व र पर्यटकीय स्थलको प्रचुर संभावनाले युक्त रहेको भिस्वा डांडा अहिले प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । बिरगंजको एउटा महत्वपूर्ण पर्यटकिय स्थलको रुपमा रहेको भिस्वा डाडा अहिले उदासिन रहेको छ । भिस्वा डाडा जहा हामी बुद्धको आस्था भनेर गर्व गर्छौ त्यहाँ अहिले पर्यटकको पर्खाइ र सरसफाइको अभाव ले ओझेलमा परेको छ ।

बिरगंजको घडिअर्वा पोखरी जस्तै भिस्वा डांडा भिडभाड बाट एक छिन शान्त बस्ने ठाउँ , योगा गर्ने , मर्निङ वाक गर्ने ठाउँ , पिकनिक मनाउने ठाउँ भएपनी सोचेको जस्तो विकास हुन सकेको छैन । त्यस्तै यहाँका जनप्रतिनिधि को रवैयाको कारणले पनि वषौ देखि यस्को विकास जुन गतिमा हुनुपर्ने हो त्यसो हुन नसकेको स्थानियहरुले बताउने गरेका छन ।
त्यस्तै मधेस प्रदेश सरकारले पर्यटन लाई आकर्षित गर्नका लागि भिजिट मधेस नेपाल अभियान’ सुरु गरेपनि त्यो अभियान कार्गर नभएर कागजमा मात्र सिमित रहेको देखिन्छ । यस्को उद्वारणको रुपम्मा बिरगंजको भिस्वा डांडा लाई लिन सकिन्छ । एउटा ऐतिहासिक,धार्मिक र पर्यटकीय स्थलहरुको प्रचुर संभावना बोकेको स्थल लाइ प्रचार प्रसार कै अभावमा ओझेलमा पारिएको छ ।
भिस्वा डांडा लाई जति प्रचार प्रसारमा पहल र प्रयास हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन।यस लाई पर्यटकीय स्थलको रुपमा प्रचार प्रसार गर्ने हो भने सिमा संग जोडिएर रहेको भारतिय पर्यटक संगै आन्तरिक पर्यटकलाई आकर्षित गर्न ठुलो सहयोग हुने छ ।
तस्विरहरू :-


नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ लगाउने तयारी
वीरगंज।नयाँ वर्ष अवसर पारेर वीरगञ्ज महानगरपालिकाले यस वर्ष पनि ‘रात्रि बजार’ लगाउने तयारी गरेको छ ।
यही चैत २९ गते बेलुकादेखि २०८१ वैशाख १ गते मध्यरातिसम्म तीन दिन वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म महानगरपालिकाले ‘रात्रि बजार’ लगाउने तयारी गरेको हो ।
गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यस वर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन बजार लगाउन लागिएको महानगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।
रात्रि बजारले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन सहयोग पु¥याउने अपेक्षा लिइएको छ ।
रात्रि बजारको समयमा भारतीय पर्यटकहरुलाई लक्षित गरि वीरगंज नाका रातभर खुला रहने पनि प्रमुख सिंहले बताउनुभयो ।
सामान्यतया वीरगंज नाका राति १० बजेपछि बिहान ५ बजेसम्म नेपाल र भारत दुवैतर्फबाट बन्द रहने गरेको छ । तर रात्रि बजार लाग्ने समयावधिभर आवतजावत गर्न सहज होस भनेर रातभर खुला गर्न लागिएको हो ।‘रात्रि बजार लाग्ने तीन दिन सम्म नाका २४ सै घण्टा खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति गरिसकेका छौँ,’ महानगरप्रमुख सिंहले भन्नुभयो,‘रात्रि बजार अवधिभर आउजाउमा कुनै समस्या आउने छैन ।’
बिहीबार सरोकारवालाबीचको छलफलमा रात्रि बजार सौहार्द र सभ्य भव्य रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहकार्य गर्ने बारे छलफल भएको छ ।
‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामान पाइने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।
ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिनुभयो ।
आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र स्टल बुकिङको काम समेत अघि बढाइएको ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।
वीरगंज, ८ चैत
नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति महम्मद साहबुद्दिन (उर्फ साहबुद्दिन खाँ) समेतले झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएकोबारे बयानका लागि झिकाउन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको संयुक्त इजलासले खाँ परिवारलाई झिकाउने आदेश दिएको हो । भारतीय नागरिक रहेका साहबुद्दिन समेत उनको परिवारले झुठो विवरण पेश गरि बंशजको आधारमा नेपाली नागरिकता लिन सफल भएको भन्दै दायर भएको रिटमा उच्च अदालतले उनलाई बयानका लागि झिकाउन आदेश दिएको हो ।
यस अघि जिल्ला अदालत पर्साले गत पुष २४ मा आरोप प्रमाणीत हुन प्रमाण नपुगेको भन्दै फैसला गरेको थियो । उक्त फैसला बदर भागी रहेकोले जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा नागरिकता खारेजीको मागदावी सहित पुनरावेदन गरेको हो । साहबुद्धिनसहित परिवारैले झुठो विवरण पेश गरी लिएको नागरिकता खारेज हुनुपर्ने दावि सहित दायर रिटमा वादी तर्फको दावी सुन्दै उच्च अदालतले प्रतिवादीलाई कानुन बमोजिम म्याद जारी गरि उपस्थित गराउन आदेश दिएको छ ।
मिसिलमा संलग्न विभिन्न प्रमाण र आधार रहँदा रहँदै पनि सुरु जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचरणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रतिबादीहरुलाई म्याद जारी गरि उपस्थित गराउन आदेश गरेको हो ।
उच्च अदालतको आदेशमा भनिएको छ ‘मिसिल संलग्न रहेको भारतीय निर्वाचन आयोगबाट तैयार भएको मतदाता नामावली, फरिद मियाका छोराहरुका बिचमा अंशवण्डाको लिखत तैयार हुँदा यी प्रतिवादी मन्सुर खाँको कुनै नाम उल्लेख नहुनु, अनुसन्धानको क्रममा ख्याली सिंहले पेश गरेको प्रतिवेदन, भारतमा मन्सुर खाँले अचल सम्पत्ति हस्तान्तरण गर्दा आफ्ना बाबुको नाम सुलेमान खान भन्ने उल्लेख भएको र उक्त लिखतमा लागेको ल्याप्चे सहीछाप र प्रतिवादी मन्सुर खाँको ल्याप्चे नमुना परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँदा उक्त सहीछाप मिलेको भन्ने प्रतिवेदन समेतका आधारमा सुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रत्यर्थीको नाउँमा कानून वमोजिम म्याद जारी गरी उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु होला ।’
नेपाल सरकारको तर्फबाट दायर भएको पुनरावेदनमा विदेश भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला सिकारपुर थाना मौजे बिनबलिया तथा चेगवन प्रगन्ना मझौआ घर भई हाल वीरगंज महानगरपालिका ३ बस्ने सुलेमान खाँको छोरा मंसुर शेष भन्ने मंसुर खाँ, उनकी श्रीमती हमिदा वेगम, छोरा महमद साहबुद्दिन भन्ने साहबुद्दिन खाँ र साहबुद्दिनको श्रीमती नजमा बेगम र कान्छा छोरा महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई प्रतिवादी बनाइएको छ । महम्मद शहाबुद्दिन उर्फ साहबुद्दिन खाँ नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन । उनले पार्टीको आडमा संरक्षण पाउँदै आएको आरोप लाग्ने गरेको छ ।
दोहोरो नागरिकता छानविनमा यस अघि के के भयो कारवाहि ?
जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान अयोग,
शहाबुद्दिन समेत उनको परिवारको नागरिकता खारेजीको माग गर्दै वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने जाहेरवाला राजेश मान सिंहले आवश्यक कारवाहिको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा २०६५ । ११ । ०८ मा निवेदन दिएकोमा सो निवेदन उपर कारवाहि नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबुत प्रमाण सहित जाहेरी दिएकोमा आयोगको मिति २०६८ । ०८ । २७ गतेको बैठकले निजहरु भारतीय नागरिक हुन भन्ने देखिन आएकोले प्रचलित नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ बमोजिम कारवाहि हुन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई लेखि पठाउने निर्णय भएअनुसार मिति २०६८ । ०८ । २९ मा आयोगले जिल्ला प्रशासन कार्यालय पर्सालाई कारवाहि सिफारीस ।
पक्राउ आदेश र मन्सुर खाँ पक्राउ
झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको भन्ने उजुरीमा अनुसन्धान गर्न २०७१ । ०३ । ०१ गते जिल्ला प्रहरी कार्यालय पर्साको अपराध दर्ता किताब १० नं. डायरीमा ४५३ नं. मा मुद्दा दर्ता भई शहाबुद्दिनका बुवा मन्सुर खाँ लाई पक्राउ गरी जिल्ला अदालत पर्सामा पेश गरेकोमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी मंसुर शेषबाट नगद धरौटी एक लाख वा सो बराबरको जेथा जमानि दिए लिई पुर्पक्षका लागि तारेखमा राख्नु । सो दिन नसके नियमानुसारको सिधा खान पाउने गरी थुनामा राख्न अ.व. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय पर्सामा पठाउनु भन्ने २०७१ । ०३ । २७ गतेको थुनछेक आदेश । मन्सुर खाँ २६ दिन जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा बसेका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले २०७१ असार ६ गते वडा प्रहरी कार्यालय विर्तालाई पक्राउ पुर्जी चलानी नं. १३७२३ मार्फत मोहम्मद शहाबुद्दिन भन्ने शहाबुद्दिन खाँ, आमा हमिदा बेगम र भाई महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन आदेश दिएको थियो । यद्यपी प्रहरीले पक्राउ नगरी उनिहरु पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । शहाबुद्दिन ३० हजार र उनका भाई गुड्डु १० हजार धरौटीमा तारेखमा छुटेका थिए ।
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ । प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो ।
शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । बिरगंजको युवालाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’
प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’