वीरगंज । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिकाले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ । उहाँले भरतपुर महानगरमा ३९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराउनु भएको छ ।
संघिय सासंद रामकृष्ण यादवले बीरगन्ज माथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिने बताउनु भयो ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघिय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न बीरगन्ज आएको संसदीय टोलीले स्थानिय तह सित अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव,अमरेश कुमार सिंह,प्रदीप यादव, देव प्रकाश तिमिल्सिना , प्रभु हजरा , बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह,प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल,प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।