वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. ४ का सङ्घीय सांसद रमेश रिजालका स्वकीय सचिव राकेश यादवले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमार्फत आफ्नो निर्णयको जानकारी दिएका हुन् ।
राकेश यादवले २०७९ मंसिर ७ गतेदेखि हालसम्म स्वकीय सचिवको रूपमा कार्यरत रहँदै आएका थिए । उनले राजीनामा पत्रमा आफूले यो जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै अनुभव बटुल्न पाएको उल्लेख गरेका छन् । उनले नेपालको राजनितिक, आर्थिक, र सामाजिक परिवेशबारे जानकारी लिने मौका प्राप्त गरेको र आफ्नो कर्तव्यपालनमा कहीँ कतै कमजोरी भएको भए त्यसका लागि क्षमा याचना गरेका छन् ।
यादवले आफ्नो राजनीतिक क्षेत्र पर्सा २ र आफ्नो कर्मक्षेत्र रहेको निर्वाचन क्षेत्र ४ को आधारमा राजनीति गर्दा धेरै आरोह-अवरोहहरूको सामना गर्नुपरेको बताएका छन्। उनले अगामी भविष्यमा पनि पार्टीको सहयोग र मार्गदर्शन पाउने आशा व्यक्त गरेका छन् ।