पर्सा, वैशाख ८ — पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४, चिनीमिल आवास क्षेत्रस्थित एक सुरक्षा गार्ड काम गर्ने ४१ वर्षीय पुरुषले आफ्नै १४ वर्षीया नावालिका छोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार, पीडित बालिकाको आमाले २०८२ साल वैशाख ८ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरीमा उल्लेख भएअनुसार, ती व्यक्तिले आफ्नै कोठामा छोरीलाई पटक–पटक करणी गर्दै आएका थिए। पछिल्लो पटक बिहान ६ बजे उनले पुनः करणी गरेको र कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिएका थिए।
जाहेरीको आधारमा प्रहरी टोलीले ती आरोपितलाई सोही दिन बिहान उनको कोठाबाट नियन्त्रणमा लिएको हो। हाल उनीमाथि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले पीडित बालिकालाई आवश्यक संरक्षण र परामर्श सेवा उपलब्ध गराइएको जनाएको छ। घटनाले समाजमा बालबालिकामाथिको हिंसा र सुरक्षित वातावरणको गम्भीर सवाल पुनः उजागर गरेको छ।
सम्पर्कमा रहनुहोस्: तपाईं वरिपरि यस्ता घटना भए तत्काल स्थानीय प्रहरी वा १०० नम्बरमा सम्पर्क गर्नुहोस्।