वीरगंज । सरकारले मुख्यतया सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्न राखेको हो सशस्त्र प्रहरीलाई । सशस्त्र प्रहरीको काम नै कुनैपनि हालतमा सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्ने नै हो ।
त्यसैले त सरकारले पुर्वदेखि पश्चिमसम्म सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरि राखेको छ । तर, केही मिडियाहरुले बुझ्दै नबुझी नेपाल प्रहरीको मिलेमतोमा सिमा क्षेत्रबाट तस्करी भयो भनेर झुटो अफवाह फैलाउने काम भएको छ ।
शनिबार मात्र प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलाले कसैले दिएको अपुस्ट सूचनाको आधारमा प्रहरीको मिलेमतोमा पर्साको वीरगन्जमा भन्सार कार्यालयबाट खुलेआम तस्करी हुने गरेको बताए ।
धमलाले भन्सारनजिकै भारतबाट सामान ल्याउदै गर्दा भेटिएका एक स्थानीयले बोलेको आधारमा ‘भन्सार प्रमुख र प्रहरीको मिलेमतोमा तस्करी बढेको’ भन्दै बोलेका छन् । तर, उनले भनेजस्तो तस्करी नभएको नेपाल प्रहरीले जनाएको छ ।
सिमा क्षेत्रको पहिलो चेकिङ जबकी सशस्त्र प्रहरीले गर्ने गर्दछ । तर, धमलाले नेपाल प्रहरीको मिलेमतोमा भन्नुले पनि कसैले दिएको अपुस्ट सुचनाको आधारमा समाचार बनाएको पुष्टि हुन्छ ।
तर, मिडियामा भनेजस्तो मेरो मातहतको नेपाल प्रहरीका कर्मचारीको तस्करीमा कुनैपनि सलग्नता नरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले बताए ।
एसपी ढुंगेल पर्सा आएपछि भन्सार प्रमुखको समन्वयमा तस्करीमा कडाइ भएको भन्सारकै एक कर्मचारी बताउँछन् । ‘अहिलेसम्म यस्तो कडाइ भएको पहिलोपल्ट हो,’ २ बर्षदेखि कार्यालयमा कार्यरत ती कर्मचारी भन्छन्,’तस्करीमा भएको कडाइ देखेर म आफै अचम्मित छु ।’
यहाँ एउटा कुरा बुझ्न के जरुरी छ भने, सशस्त्र प्रहरीलाई नेपाल प्रहरीले तस्कर रोक्न सघाउने मात्र हो । तर, वीरगन्जमा सशस्त्र प्रहरीको भन्दा नेपाल प्रहरीको भूमिका निकै नै महत्वपूर्ण छ ।