काठमाडौं, बैशाख ८ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक संस्था नेपाल ल क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा उनले नेविसंघका उम्मेदवार मोहम्मद प्रबेजलाई पराजित गरेका हुन्।
निर्वाचनको नतिजा अनुसार सचिव पदमा नेविसंघका मनमोहन भट्ट विजयी भएका छन् भने कोषाध्यक्ष पदमा पनि नेविसंघकै बिधिशा मिश्रले जित हासिल गरेकी छन्।
यस पटकको निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीच प्रतिस्पर्धा तीव्र रहेको थियो। सभापति पदमा अनेरास्ववियुले जित निकाल्न सफल भए पनि अन्य महत्वपूर्ण पदहरूमा नेविसंघले पकड जमाउन सफल भएको छ।
नव-निर्वाचित सभापति समिर रिजालले आफूलाई समर्थन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद दिँदै क्याम्पसमा विद्यार्थीको हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।