पर्सा — प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सार्वजनिक रूपमा जुत्ता हान्ने धम्की दिएको अडियो बाहिरिए पनि नेपाली कांग्रेस पर्सा–२ का क्षेत्रीय सभापति मोहम्मद साहबुद्दिनमाथि अहिलेसम्म कुनै कानुनी कारबाही गरिएको छैन।
“साला सिडियो र एसपीलाई पचास जुत्ता हान्छु,” भन्ने अडियो सार्वजनिक भएपछि पनि उनी खुलेआम हिँडिरहेका छन्, प्रशासन भने मौन छ। एसपी गौतम मिश्रले अनुसन्धान भइरहेको बताए पनि कारबाहीतर्फ उन्मुख नभएको देखिन्छ।
साहबुद्दिन यसअघि पनि निषेधित क्षेत्रमा गाडी हुइक्याएर प्रहरी आदेश उल्लंघन गरेका थिए। फर्जी नागरिकताको मुद्दा समेत अदालतमा विचाराधीन छ।
स्थानियवासी र कानुनविद्हरूले राज्यका उच्च अधिकारीमाथिको यस्तो धम्कीलाई हल्का रूपमा लिन नहुने भन्दै गम्भीर प्रश्न उठाएका छन् — साहबुद्दिन फेरि उन्मुक्त हुने त होइन?