मनोरन्जन
हर्क साम्पाङले भने- बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरू एक हुनुपर्छ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’
बीरगन्ज, १४ पुष । बीरगन्जमा दि जोकटेल नामक हाँस्यव्यंग्य कार्यक्रम हुने भएको छ । पिडिएल कन्सलटिंग ग्रुप, नेक्नो टेक्नोलोजिज् र युथ्स् अफ बीरगन्जलगायतका संघ संस्थाको आयोजनामा कार्यक्रम हुने भएको हो ।
बीरगन्जले जित्दैछ कोरोना” भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो । बीरगन्जस्थित टाउनहलमा साँझ ५ बजेबाट प्रारम्भ हुने कार्यक्रममा आदर्श मिश्र, सज्जन श्रेष्ठ, अपुर्व क्षितीज सिंह, मनिराज गिरीलगायतका हाँस्य कलाकारहरुले प्रस्तुती दिनेछन् 
कार्यक्रममा प्रस्तुतीका लागि बीरगन्ज आउन लागेका हाँस्य कलाकारहरुको युवा वर्गमा विशेष प्रभाव छ । समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक ढंगमा प्रस्तुत गर्ने यी कलाकारहरुको प्रस्तुतीका कारण युवा वर्गमा विशेष प्रभाव पर्न गएको हो ।
साथै स्थानिय कलाकारहरुद्धारा सांगितीक प्रस्तुती पनि रहने आयोजकले जनाएका छन् ।
यहि शुक्रबार हुन लागेको कार्यक्रमका लागि तयारी तीब्र पारिएको आयोजक युथ्स् अफ बीरगन्जका सौरभ साहले बताए । उनका अनुसार कार्यक्रमको सबै तयारी लगभग पुरा भईसकेको छ । कोरोना तथा लकडाउनका कारण आजित बनेका यहाँका बासिन्दाहरुका मनोरञ्जनार्थ कार्यक्रम आयोजना गर्न लागिएको साहको भनाई छ ।
कार्यक्रममा सहभागि हुन यहाँका युवावर्गमा विशेष उत्साह देखिएको छ । कार्यक्रममा सहभागि हुन दर्शकले टिकट किन्नुपर्नेछ ।
यसैबिच बीरगन्जमा स्टैण्ड अप कमेडिको वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजक संस्थाहरु मध्ये एक नेक्नो टेक्नोलोजिज्का रवि शंकर साहले जानकारी गराए ।
बीरगन्जबाट स्टैण्ड अप कमेडिमा लाग्न चाह्ने युवाहरुलाई बाध्यकारी रुपमा काठमाण्डौ जानुुपर्ने अवस्थाको अन्त्यका लागि दि जोकटेलको आयोजना गर्न लागिएको साहले बताए । “स्टैण्ड अप कमेडिमा भविष्य खोज्न काठमाण्डौ जानैपर्छ, बीरगन्जमा कुनै विकल्प छैन,” साह भन्छन्,”यहाँ पनि स्टैण्ड कमेडी सम्भव छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस कार्यक्रमको आयोजना गरेका हौ|”
कार्यक्रम आयोजनाका लागि यहाँको समुदाय सँग प्राप्त भईरहेको सहयोगले आफुहरुलाई निकै हर्षित बनाएको साहको भनाई छ । उनका अनुसार कार्यक्रममा यहाँ विभिन्न संघसंस्था जोडिएका छन् । शुक्रबारको कार्यक्रमको लागि कलाकारहरु बिहीबार बीरगन्ज आईपुग्ने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि टिकटहरु बजारमा सर्वत्र उपलब्ध रहेको आयोजकहरुको भनाई छ ।
वीरगञ्ज ७ असोज । प्रतिभावान कलाकार तथा निर्देशक ज्योति काफ्लेको लेखन तथा निर्देशनमा नयाँ हास्य टेलिश्रृंखला ‘गंजागोल भन्ने हाम्लाई लाइराछ’ यसै साताबाट प्रसारण हुने भएको छ ।
नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुने यो श्रृंखलाको पहिलो भाग यही सोमबार बेलुकी ७ः२५ बजे प्रसारण हुनेछ । चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ का दुईमध्ये एक निर्देशक काफ्लेले उक्त श्रृंखलाबाट हात झिकेपछि आफ्नै प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट नयाँ श्रृंखला ल्याएका हुन् ।
नेपाल टेलिभिजनमा प्रसारण भएलगत्तै उक्त श्रृंखलालाई डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गर्नेछ ।
निर्देशनसँगै काफ्ले श्रृंखलामा मुख्य कलाकारका रुपमा पनि देखिने छन् । यसअघि बाबुराम भट्टराई र केपी ओलीको स्वरुपमा कला देखाएर चर्चित भएका उनी त्यससँगै मङ्गल थारु र गल्कोटे बाका रुपमा पनि देखिने छन् ।
त्यस्तै श्रृंखलामा शिवहरि नेपाल, रोशनी सापकोटा, विद्या कार्की, सुमन ज्योति नेउपाने –ल्याङ्ग्री दादा), प्रकाश स्वर्णकार (बबुवा थारु), बन्दना कार्की, सुसन राई (भाले, पुजन घिमिरे, सिर्जना जिसी, पूजा पन्त, रियाज काफ्ले, बिपना बस्नेत, (नक्कली हिसिला), राजन भुजेल (हल्दार), सुशान्त पाठकलगायत कलाकार देखिने छन् । कलाकारसँगै शिवहरि नेपाल श्रृंखला निर्देशनको जिम्मेवारीमा पनि हुनेछन् ।
चितवनको सिनर्जी एफएमबाट करियर सुरु गरेका काफ्लेले नेपाली चलचित्रमा मुख्य अभिनेताका रुपमा समेत काम गरिसकेका छन् । त्यस्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने विभिन्न टेलिश्रृंखलामा उनी कलाकारका रुपमा स्थापित छन् ।
समाजमा भएका बेथितिलाई श्रृंखलामा व्यंग्य गरिने बताए । “समाजमा धेरैथरिका मान्छे हुन्छन्”, उनले भने, “केही काम गर्न आँट गर्नेहरुलाई समाजमा भएका केही मान्छेहरुले अराजकता निम्त्याएर बिथोल्छन्, त्यही कथा नै गञ्जागोलमा प्रस्तुत गरिने छ ।”
टेलिश्रृंखलाका निर्माता प्रकाशकुमार सुवर्णकार हुन् भने दिलीप विष्ट र रामकृष्ण कँडेलले दृश्य खिच्नेछन् । त्यसैगरी टेलिश्रृंखलाको इडीटिङ् रिशव ओझाले गरेका छन् ।
यस हप्ताको राशिफल (मङ्सिर २९ देखि पौष ५ गतेसम्म)
मेष
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। आर्थिक उन्नति, प्रगति होला। मङ्गल ग्रहका कारण स्वास्थ्यमा केही समस्या आउन सक्नेछ। यात्रा सहज रहने देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। पारिवारिक उन्नति, प्रगति मध्यम देखिन्छ। सवारी साधनमा धेरै विचार पुऱ्याउनुपर्नेछ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहने देखिन्छ।
वृष
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक उन्नति, प्रगति मध्यम देखिएको छ। राजनीतिक र सामाजिक क्षेत्रमा भने उन्नति, प्रगति हुनेछ। अकस्मात् यात्राका योगहरू बन्नेछन्। व्यापार, व्यवसायमा मध्यम लाभ छ। कृषि क्षेत्र सामान्य देखिन्छ।
मिथुन
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। नयाँ कार्यको थालनी हुनेछ। यात्रामा निकै राम्रो उपलब्धिमूलक कार्यहरू बन्नेछन्। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति ,समृद्धि बढ्नेछ। व्यापार, व्यवसायमा राम्रो देखिएको छ। आध्यात्मिक र धार्मिक कार्यले उन्नति, प्रगति हुने देखिन्छ। छात्रछात्राहरूका लागि साता माध्यम छ। बैंकिङ एवं वित्तीय संस्थामा काम गर्नेहरूले लागि यो साता केही अप्ठ्यारा पक्षको सामना गर्नुपर्ने देखिन्छ।
कर्कट
इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। व्यापार, व्यवसायमा मध्यम लाभ छ। स्वास्थ्यमा केही समस्या देखापर्ला। छात्रछात्राहरूका लागि साता मध्यम देखिएको छ। जागिरेहरूका लागि भने साता सामान्य रहनेछ। यो साता धार्मिक कार्यमा केही समय बित्ने देखिन्छ।
सिंह
साता निकै उपयोगी बन्ने देखिन्छ। रोकिएका कामहरू बन्नेछन्। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। खेलाडीहरूका लागि साता राम्रो छ। साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि भने साता मध्यम रहेको छ। राजनीतिक उथलपुथल र समस्यामा घेरिन सक्नुहुनेछ। झुटो आरोप, प्रत्यारोप लाग्न सक्नेछ। यात्रा मध्यम रहने देखिन्छ।
कन्या
साता उत्कृष्ट हुने देखिन्छ। रोकिएको काम बन्ला। जागिरेहरूका लागि साता मध्यम रहनेछ। आर्थिक उपार्जन र उन्नति, प्रगतिको राम्रो वातावरण बन्नेछ। दाजुभाइ एवं परिवारका सदस्यहरूमा भने सामान्य मनमुटावको स्थिति रहला। कृषि क्षेत्रमा लाभ छ।
तुला
दाजुभाइ, परिवार र कुलकुटुम्बसँगको सम्बन्ध र सहकार्य राम्रो देखिएको छ। आर्थिक उपार्जन र उन्नति हुनुका साथै गर्न खोजेको काममा निकै राम्रो साथ मिल्नेछ। जागिरेहरूका लागि साता मध्यम रहेको छ। धार्मिक र आध्यात्मिक चिन्तनले गर्दा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। नयाँ कार्यको थालनीको योग बन्नेछ।
वृश्चिक
पारिवारिक उन्नति, प्रगतिका ग्रहहरू राम्रै देखिएको छ। सन्तानबाट सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। पारिवारिक एवं दाम्पत्य जीवनमा भने केही कष्ट रहला। जागिरेहरूका लागि साता सामान्य रहेको छ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। व्यापार, व्यवसायमा लाभको साता रहेको छ। अकस्मात् देशविदेशको यात्राको योग बन्न सक्ने देखिन्छ।
धनु
मनमा उत्साह र उमङ्ग छाउनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि मध्यम रहला। परिवारको सहयोग प्राप्त हुन सक्नेछ। कुलकुटुम्ब र इष्टमित्रसँग केही अप्ठ्यारा पक्ष रहलान्। यात्रा सुखद हुन सक्ने देखिन्छ। आध्यात्मिक र धार्मिक कार्यले गर्दा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। राजनीतिक क्षेत्र मध्यम देखिन्छ। केही डुबेको पैसा फिर्ता आउन सक्नेछ। साताका बुधबार, बिहीबार र शुक्रबार नयाँ कार्य सम्पन्न हुने देखिन्छ।
मकर
व्यापार, व्यवसायमा निकै राम्रो हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता छ। राजनीतिक र सामाजिक क्षेत्र भने मध्यम देखिन्छ। अकस्मात् यात्राको योग बन्न सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ। कृषि क्षेत्रमा लाभ छ। आर्थिक उपार्जन र उन्नति, प्रगतिको साता बन्नेछ। ठूलाबडा व्यक्तिसँग भेटघाटको योग बन्नेछ।
कुम्भ
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। परिवारमा प्रेम र सद्भाव निकै राम्रो रहने देखिन्छ। कुलकुटुम्ब र इष्टमित्रबाट सहयोग प्राप्त होला। यात्रामा विचार पुऱ्याउनुपर्नेछ। कृषि क्षेत्रमा लाभ छ। छात्रछात्राहरूका लागि समय राम्रो छ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ।
मीन
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक र दाम्पत्य जीवन सुख, शान्ति र समृद्धिमा बित्नेछ। आर्थिक उपार्जन र उन्नति, प्रगति राम्रो देखिएको छ। खानपिनमा विचार पुऱ्याउनुपर्ला। स्वास्थ्यमा केही समस्या रहला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। विद्या, बुद्धि बढ्ने देखिन्छ। केही झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछन्।
पिडितको सहयात्री सांसद यादव :आगलागी पिडितलाई घरमा पुगेर राहत सहयोग
वीरगंज,२३ कार्तिक २०७५
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका आगलागी पिडित सन्त महतोको परिवारलाइ पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले आज राहत सामाग्री वितरण गर्नुभएको छ ।
पिडित महतोको घरमा पुगी संघिय सामाजबादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले राहत स्वरुप चामल , दाल ,लता कपडा र त्रिपाल लगायतका राहत सामाग्री वितरण गर्नुभएको हो । राहत वितरण गर्न पुगेका सांसद सांसद यादवले महतोको घर बनाउन पहल समेत गर्ने आश्वासन दिनुभएको हो ।
राहत वितरण कार्यक्रममा संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको उपस्थिति रहेको थियो । यस्तै आगलागी पिडित महतोे परिवारलाइ सामाजिक अभियन्ता बृजेश्वर चौधरीले आज नयाँ कपडालत्ता सहयोग गर्नु भएको छ ।
आगलागीमा महत्तोको घरमा रहेका खाद्यान्न ,लता कपड़ा ,साइकल , काठका फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि बिचल्लीमा परेको महत्तोको परिवारलाइ आज चौधरीले २० थान नया लता कपडा हस्तान्तरण गर्नु भएको हो । महत्तोको घरमा अस्ति दिपावलीका राति आगलागी भएको थियो ।
सांसद यादवको पहलमा मुख्यमन्त्री राउतद्वारा क्षेत्र नं. १ को संभावित विकासबारे अवलोकन
वीरगंज,२३ कार्तिक
प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गदीले पर्सा क्षेत्र नं.१ को विभिन्न ठाउमा पर्ने सडक , विद्यालय , धर्मशाला , स्वास्थ्य चौकी लगायत विभिन्न ठाउको अवलोकन भ्रमण गर्नुभएको छ ।
पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवको विशेष आग्रहमा प्रदेश सरकारको सहयोगबाट क्षेत्र नं.१ को विकासको लागि संभावित ठाउको अवलोकन गर्नुभएको सांसद यादवले जानकारी दिनुभयो । मुख्यमन्त्री राउतले पर्सा क्षेत्र नं. १ को भवानीपुरको विद्यालय र पोखरीको अवलोकन गर्नुभयो भने हरपतगंजको अपौनीमा रहेको खेल मैदानको अवलोकन गर्नुभयो ।
अवलोकन पश्चात मुख्यमन्त्री राउतले निकट भविष्यमा विद्यालयको भौतिक पुर्वाधार र पोखरीको डिललाई छठघाट बनाउन र खेल मैदानको लागि बजेट बिनियोजन गरी सहयोग गर्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री राउतले मधेश आन्दोलनका सहिद दिलिप चौरसियाको घरमा पुगी पारिवारीक अवस्थाको बारेमा पनि बसझनुभएको थियो ।
अवलोकन कार्यक्रममा सांसद प्रदिप यादव , प्रदेशसभा सदस्य जन्नत अंसारी संघिय सामाजबादी फोरम नेपाल पर्साका जिल्ला सह ईन्चार्ज रामनरेश यादव ,जिल्ला सदस्य तबरेज अहम्द , असलम आलम , सामाजबादी युवा फोरमका केन्द्रिय सचिवालय सदस्य सरोज यादव लगायतको सहभागिता रहेको थियो ।
सांसद प्रदिप यादवको संसदीय कोषका ४ करोड़को पुर्वाधार विकाश बारे छलफल शुरु
वीरगंज,१६ कार्तिक÷ पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप यादवको संसदीय कोष विकास अन्तर्गत चालु आर्थिक वर्षमा गरिने विकासको काम बारे छलफल शुरु भएको छ ।
स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम नाम दिइएको योजनाहरुको विषयमा आज जिल्ला समन्वय समिति पर्सामा बैठक बस्दै यस वर्षको चार करोडको बजेटबारे के गर्ने के नगर्ने बारे सरोकारवालाहरु वीच छलफल भएको हो ।क्षेत्र नं १ को विभिन्न वडामा आएको विभिन्न योजना मध्ये प्राथमिकतामा छनौट भएको योजनाको कामहरु अघि बढाउने कार्यक्रमका संयोजक समेत रहेका क्षेत्र नं १ का सांसद प्रदिप यादवले बताए ।
उनले भने,‘छलफल शुरु भएको छ,कुन ठाउँमा त्यहाको आवश्यकता अनुसार के गर्ने बारे निर्णयमा पुगी समय सिमा भित्र गुणस्तीय र राम्रो काम गराउने लक्ष्य छ ।’ उनले छपकैयामा मुस्लिम समुदायको लागी विवाह भवन,बिभिन्न ठाउँमा धर्मशाला,मन्दिर,मदरसा,स्कुल,स्वास्थ्य चौकी एवं दलित,विपन्न,असहाय,भूमिविहीन,घरविहीन समुदायको लागि पनि बासस्थानको लागि घर बनाउने जस्ता योजना आएकोले छलफलबाट छनौट योजना पुरा गर्ने प्रारम्भिक तयारी थालिएको बताए ।
जनताको पैसा सही किसिमले जनताले सुविधा उपभोग्य गर्न पाउनु पर्छ भन्ने मान्यताले स्थानीय अवश्यकताबारे अघि बढने बताए । बैठकमा प्रदेश सांसद जनत अंसारी, प्रह्लाद गिरी,करिमा बेगम,जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अंसारी, उपसभापति ठाकुर प्रसाद न्यौपाने,वीरगंज माहानगरका कार्यकारी प्रमुख डा.भिष्म प्रसाद भुषाल जिल्ला समन्वय समिती अधिकारी शिव प्रसाद लम्साल गायतको सहभागिता थियो ।
सांसद यादवको निर्देशनपछि र्सिसिया नदिमा फोहोर तथा दुषित पानी रोक्न् उधोगीहरु सहमत
कार्तिक ९,२०७५
वीरगंज । हिन्दुहरुको महान पर्व छठलाई लक्षित गरी र्सिसिया नदिको फोहोर पानी रोक्ने सम्बन्धमा सांसद प्रदिप यादवले हिजो स्थलगत अनुगमनको क्रममा ध्यानकार्षण गराएपछि फोहोर पानी बन्द गर्ने भन्दै वीरगंजका उद्योगीहरुले आज ४ बुँदे लिखित सहमती गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एव् सांसद यादवको विशेष उपस्थितीमा वीरगंज उद्योग बाण्जिय संघका प्रतिनिधि लगायतका उद्योगीहरुले फोहोर पानी रोक्ने सम्बन्धमा आज प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल समक्ष लिखित सहमती गरेका हुन् । आज भएको सहमतीमा कार्तिक १८ गतेदेखि छठ पर्व सम्पन नहुन्जेलसम्म उद्योग तथा व्यवयसायिक प्रतिष्ठानबाट निस्किएको उत्सर्जित फोहोर तथा दुषित पानी छाडन् पुर्ण रुपमा बन्द गर्ने, खोलामा दुषित पानी बन्द भएपछि महानगरका अन्य दह र पोखरीको फोहोर पानी महानगरले फाल्ने, आज भएको निर्णय कार्यान्यन गराउन श्रम कार्यालाई पत्रचार गर्ने लगायतको सहमती भएको हो ।

सांसद यादवद्वारा आज पनि स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता…नियमित रुपमा घरदैलोमा पुग्दा स्थानीयद्वारा खुशी व्यतm
कार्तिक ९,२०७५
वीरगंज । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आज पनि स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिनुभएको छ । उहाँले आफनो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमन तथा निरीक्षणको क्रममा स्थाीय स्तरमा भईरहेका विकास निर्माण कार्यहरुको पनि अनुगमन तथा निरीक्षण गर्नुका साथै विकास लगायतका विभिन्न विषयमा स्थानीय युवा , महिलाहरुसंग छलफल समेत गर्नुभएको थियो । स्थानीय तहको चुनावपछि जितेका जनप्रतीनीधीहरु फर्केर जनताकोमा नआउने गरेको भएपनि सांसद प्रदिप यादवले सधै जनताको सुख दुखमा साथ दिनुका साथै घरदैलोमै पुगेर जनताको समस्या लगायत अपेक्षा बुझने गरेको प्रती खुशी लाग्ने गरेको स्थानीयवासीहरुले बताएका थिए ।

