वीरगञ्ज, पर्सा — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, मुख्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका–२, छप्कैयामा भारतबाट अबैध रूपमा भन्सार छलि ल्याइएको ठुलो परिमाणको सामान बरामद गरेको छ।
विशेष सूचनाको आधारमा २०८० साल चैत ३० गते (२०२४ अप्रिल १२) गरिएको अपरेशनमा गाउँको गल्लीमा लुकाइछिपाइ राखिएका विभिन्न सामानहरू फेला पारिएको हो। ती सामानहरूमा ब्राण्डेड जुत्ता, चप्पल, काजु, मरिच, र मानिसले प्रयोग गर्ने सामान्य औषधीहरू रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार, बरामद गरिएका सामग्रीको अनुमानित भन्सार मूल्य रु. २१,१६,१००।– रहेको छ। यी सामानहरू २०८१ साल वैशाख ४ गते (२०२५ अप्रिल १६) वीरगञ्ज भन्सार कार्यालयमा औपचारिक रूपमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।
सीमावर्ती क्षेत्रमा बढ्दो अबैध व्यापार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको छ। पछिल्लो समय भारत–नेपाल सीमाबाट दैनिक रूपमा तस्करी हुने गरेको भन्दै सुरक्षाकर्मीहरू थप सतर्क भएको जनाइएको छ।
सशस्त्र प्रहरीले घटनामा संलग्नको पहिचान गरी थप अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिएको छ।