वीरगञ्ज, पर्सा — २०८२ बैशाख २८: जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १३ मा एक महिलामाथि बलात्कार गरिएको आरोपमा एक पुरुष पक्राउ परेका छन् भने अर्का व्यक्ति फरार रहेका छन्।
पीडित पक्षबाट प्राप्त जाहेरीका अनुसार, मिति २०८२ साल बैशाख २७ गते राती १:४५ बजे तिर नामथर वतन परिवर्तित ३४ जिल्ला ०८१/०८२ श्रीपुर (प) भएकी पीडित महिलालाई एक्लो मौका छोपी मुख थुनी बलात्कार गरिएको उल्लेख छ। सो घटनामा जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. ६, बेलहिया घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ मा बसोबास गर्दै आएका ५० वर्षीय दिनानाथ साह र अर्का एक अज्ञात ४० वर्षीय पुरुष संलग्न रहेको आरोप छ।
प्रहरीले घटनामा संलग्न रहेका दिनानाथ साहलाई नियन्त्रणमा लिएको छ। उनीमाथि करणी सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
हाल घटनामा संलग्न फरार व्यक्तिको पनि पहिचान भइसकेकोले उनको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ विवरण:
- नाम: दिनानाथ साह
- उमेर: ५० वर्ष
- ठेगाना: बारा, प्रसौनी गाउँपालिका वडा नं. ६, हाल वीरगञ्ज म.न.पा. वडा नं. १३
- पक्राउ मिति: २०८२।०१।२८
- कसूर: करणी सम्बन्धि कसूर
प्रहरीले पीडितको गोपनीयता र न्याय सुनिश्चित गर्न थप अनुसन्धानलाई प्राथमिकता दिइरहेको जनाएको छ।