
नेपाली कांग्रेसका क्षेत्रीय सभापति महम्मद साहबुद्दिनको घरमा प्रहरीले छापामारी गरेको छ । लेनदेन मुद्धामा फरार रहेकी साहबुद्धिनकी श्रीमती नजमा बेगमलाई खोजतलास गर्न प्रहरीले उनको घरमा छापामारी गरेको हो ।
श्रीमतीको नाममा साहबुद्दिनले कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी दिपु प्रसाद गुप्तासँग लाखौँको लेनदेन गरेका थिए ।
जिल्ला अदालत बाराले गत फागुन ४ गते गुप्ताको पक्षमा फैसला गर्दै प्रतिवादीलाई पक्राउ गरि विगो भराउन आदेश गरेको थियो । अदालतको आदेश अनुसार नै चैत १ गते बिहीबार अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले नजमालाई पक्राउ गर्न बुधबार (आज) घरमा छापामारी गरेको हो । छापामारी गर्न प्रहरीको टोली नै साहबुद्दिनको घरमा पुगेको थियो । घर खानतलासी गर्दै नजमाको खोजी गरेको भए पनि पहिले नै भगाइसकेकाले अहिले फेला नपरेको तर कहीँ गए पनि पक्राउ गरिछाड्ने पर्सा प्रहरीले जनाएको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी पाएसँगै साहबुद्धिनले श्रीमतीलाई भगाइसकेका थिए ।
कांग्रेसको खोलमा साहबुद्दिनले वीरगंज महानगरपालिकाकै अधिनमा रहेको आदर्शनगर स्थित १ कट्ठा जग्गा श्रीमतीको नाममा गराएर जिपी फाउण्डेसनको कार्यालय खोलेर व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएका थिए । तर किर्ते गरेर कब्जा गरेको उक्त जग्गा अदालतबाट मुद्धा जितेर अहिले महानगरपालिकाले आफ्नो अधिनमा लिइसकेको छ ।
लेनदेन मुद्धामा अहिले श्रीमती फरार रहेको र साहबुद्दिनमाथि पनि दोहोरो नागरिकता लिएको अभियोगमा अदालतमा मुद्धा चलिरहेको छ । उच्च अदालत वीरगंजले दोहोरो नागरिकता मुद्धाको सन्दर्भमा साहबुद्धिनलाई बयानका लागि झिकाउन आदेश समेत दिइसकेको छ ।
(अदालतको आदेश पछी नजमाले गुप्तालाई दिन पर्ने पहिलो किस्ता बुझाएका छन ।)
युथ्स अफ बिरगंज

दोस्रो दिनको खेलामा ठाकुरराम मल्टीपल कॉलेज ले वीरगंज पब्लिक कॉलेजमाथी जीत हाथ पारेको छ ।
०९ चैत्र ,वीरगञ्ज । इंटर कॉलेज मेरिगोल्ड फुटसल टूर्नामेंट आज दोस्रो दिनको खेलहरु सुरु भएका छन् । आज ठाकुरराम मल्टीपल कॉलेज बिरुद्ध वीरगंज पब्लिव कॉलेज”१”को खेल भएको हो ।
वीरगंजको नगवा स्थित श्री राम चौक नजीक रहेको हाम्रो फुटसल इनडोरमा आजको पहिलो खेलमा ठकुरराम मल्टीपल कॉलेजले वीरगंज पब्लिक कॉलेज”१”को बिरुद्ध (३-१) गोलको अन्तरले बिजय भएको छ ।
दोस्रो खेलमा पीस जोन बिरुद्ध वीरगंज पब्लिक कॉलेज “२” को खेलमा वीरगंज पब्लिक कॉलेज “२” बिजय भएको छ ।
वीरगंज पब्लिक कॉलेजले पीस जोनलाई (१-२ को अन्तर ले हराएको छ ।
आज भएको तेस्रो खेलमा मैरिगोल्ड गोल्ड + २ बिरुद्ध नेशनल मेडिकल कॉलेज “२” (४-६) अन्तरमा नेशनल मेडिकल कॉलेज बिजय भएको छ ।
चौथो खेलमा ग्लोबल बिज़नेस कॉलेज +२ लाई (६-१८) को अन्तरले नेशनल मेडिकल कॉलेजले हराएको छ ।
पाचौ खेलमा नेशनल मेडिकल कॉलेज “२” ले पीस जोन एकेडमीलाई (४-१) को अंतरले हराएको छ ।
छैठो खेलमा वीरगंज पब्लिक कॉलेज”२” ले मेरिगोल्ड+२ क्यामपासलाई (६-४)को अन्तरले हराएको छ । यस्तै आज ६ वटा खेल भएको छ ।
वीरगंज, ८ चैत
नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति महम्मद साहबुद्दिन (उर्फ साहबुद्दिन खाँ) समेतले झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएकोबारे बयानका लागि झिकाउन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको संयुक्त इजलासले खाँ परिवारलाई झिकाउने आदेश दिएको हो । भारतीय नागरिक रहेका साहबुद्दिन समेत उनको परिवारले झुठो विवरण पेश गरि बंशजको आधारमा नेपाली नागरिकता लिन सफल भएको भन्दै दायर भएको रिटमा उच्च अदालतले उनलाई बयानका लागि झिकाउन आदेश दिएको हो ।
यस अघि जिल्ला अदालत पर्साले गत पुष २४ मा आरोप प्रमाणीत हुन प्रमाण नपुगेको भन्दै फैसला गरेको थियो । उक्त फैसला बदर भागी रहेकोले जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा नागरिकता खारेजीको मागदावी सहित पुनरावेदन गरेको हो । साहबुद्धिनसहित परिवारैले झुठो विवरण पेश गरी लिएको नागरिकता खारेज हुनुपर्ने दावि सहित दायर रिटमा वादी तर्फको दावी सुन्दै उच्च अदालतले प्रतिवादीलाई कानुन बमोजिम म्याद जारी गरि उपस्थित गराउन आदेश दिएको छ ।
मिसिलमा संलग्न विभिन्न प्रमाण र आधार रहँदा रहँदै पनि सुरु जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचरणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रतिबादीहरुलाई म्याद जारी गरि उपस्थित गराउन आदेश गरेको हो ।
उच्च अदालतको आदेशमा भनिएको छ ‘मिसिल संलग्न रहेको भारतीय निर्वाचन आयोगबाट तैयार भएको मतदाता नामावली, फरिद मियाका छोराहरुका बिचमा अंशवण्डाको लिखत तैयार हुँदा यी प्रतिवादी मन्सुर खाँको कुनै नाम उल्लेख नहुनु, अनुसन्धानको क्रममा ख्याली सिंहले पेश गरेको प्रतिवेदन, भारतमा मन्सुर खाँले अचल सम्पत्ति हस्तान्तरण गर्दा आफ्ना बाबुको नाम सुलेमान खान भन्ने उल्लेख भएको र उक्त लिखतमा लागेको ल्याप्चे सहीछाप र प्रतिवादी मन्सुर खाँको ल्याप्चे नमुना परीक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँदा उक्त सहीछाप मिलेको भन्ने प्रतिवेदन समेतका आधारमा सुरु पर्सा जिल्ला अदालतबाट भएको फैसला प्रमाण मुल्यांकनको रोहमा बिचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा १४०(३) प्रयोजनार्थ प्रत्यर्थीको नाउँमा कानून वमोजिम म्याद जारी गरी उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु होला ।’
नेपाल सरकारको तर्फबाट दायर भएको पुनरावेदनमा विदेश भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला सिकारपुर थाना मौजे बिनबलिया तथा चेगवन प्रगन्ना मझौआ घर भई हाल वीरगंज महानगरपालिका ३ बस्ने सुलेमान खाँको छोरा मंसुर शेष भन्ने मंसुर खाँ, उनकी श्रीमती हमिदा वेगम, छोरा महमद साहबुद्दिन भन्ने साहबुद्दिन खाँ र साहबुद्दिनको श्रीमती नजमा बेगम र कान्छा छोरा महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई प्रतिवादी बनाइएको छ । महम्मद शहाबुद्दिन उर्फ साहबुद्दिन खाँ नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन । उनले पार्टीको आडमा संरक्षण पाउँदै आएको आरोप लाग्ने गरेको छ ।
दोहोरो नागरिकता छानविनमा यस अघि के के भयो कारवाहि ?
जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान अयोग,
शहाबुद्दिन समेत उनको परिवारको नागरिकता खारेजीको माग गर्दै वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने जाहेरवाला राजेश मान सिंहले आवश्यक कारवाहिको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा २०६५ । ११ । ०८ मा निवेदन दिएकोमा सो निवेदन उपर कारवाहि नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबुत प्रमाण सहित जाहेरी दिएकोमा आयोगको मिति २०६८ । ०८ । २७ गतेको बैठकले निजहरु भारतीय नागरिक हुन भन्ने देखिन आएकोले प्रचलित नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ बमोजिम कारवाहि हुन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई लेखि पठाउने निर्णय भएअनुसार मिति २०६८ । ०८ । २९ मा आयोगले जिल्ला प्रशासन कार्यालय पर्सालाई कारवाहि सिफारीस ।
पक्राउ आदेश र मन्सुर खाँ पक्राउ
झुटा विवरण पेश गरि नेपाली नागरिकता लिएको भन्ने उजुरीमा अनुसन्धान गर्न २०७१ । ०३ । ०१ गते जिल्ला प्रहरी कार्यालय पर्साको अपराध दर्ता किताब १० नं. डायरीमा ४५३ नं. मा मुद्दा दर्ता भई शहाबुद्दिनका बुवा मन्सुर खाँ लाई पक्राउ गरी जिल्ला अदालत पर्सामा पेश गरेकोमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादी मंसुर शेषबाट नगद धरौटी एक लाख वा सो बराबरको जेथा जमानि दिए लिई पुर्पक्षका लागि तारेखमा राख्नु । सो दिन नसके नियमानुसारको सिधा खान पाउने गरी थुनामा राख्न अ.व. १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय पर्सामा पठाउनु भन्ने २०७१ । ०३ । २७ गतेको थुनछेक आदेश । मन्सुर खाँ २६ दिन जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा बसेका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले २०७१ असार ६ गते वडा प्रहरी कार्यालय विर्तालाई पक्राउ पुर्जी चलानी नं. १३७२३ मार्फत मोहम्मद शहाबुद्दिन भन्ने शहाबुद्दिन खाँ, आमा हमिदा बेगम र भाई महमद मुर्तुजा भन्ने गुड्डु खाँ लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन आदेश दिएको थियो । यद्यपी प्रहरीले पक्राउ नगरी उनिहरु पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । शहाबुद्दिन ३० हजार र उनका भाई गुड्डु १० हजार धरौटीमा तारेखमा छुटेका थिए ।
आज बाट हाम्रो फुटसल ग्राउंडमा ईंटर कॉलेज मेरीगोल्ड फुटसल टूर्नामेंट सुरूभएको छ ।

०७ चैत्र ,वीरगञ्ज । इंटर कॉलेज मेरिगोल्ड फुटसल टूर्नामेंट आजदेखि खेलहरु सुरु भएका छन् । आज नेशनल मेडिकल कॉलेज बिरुद्ध वीरगंज पब्लिव कॉलेजको खेल भएको हो ।
वीरगंजको नगवा स्थित श्री राम चौक नजीक रहेको हाम्रो फुटसल इनडोरमा आज भएको पहिलो खेलमा नेशनल मेडिकल कॉलेजले वीरगंज पब्लिक कॉलेजको बिरुद्ध (७-५) गोलको अन्तरले बिजय भएको छ ।
दोस्रो खेलमा ठाकुरराम मल्टीपल बिरुद्ध ग्लोबल बिज़नेस कॉलेज +२ को खेलमा ठाकुरराम मल्टीपल कैम्पस बिजय भएको छ । ठाकुरराम मल्टीपलले ठुलो अन्तरले ग्लोबल बिज़नेस कॉलेज +२ लाई हराएको छ । ठाकुररामले ग्लोबल बिज़नेस कॉलेजलाई (१८-१) को अन्तर ले हराएको छ ।
आज भएको तेस्रो खेलमा मैरिगोल्ड गोल्ड + २ बिरुद्ध पीस जोन एकेडमीको खेल ड्र भएको थियो । (४-४) गोल दुबै टीमले हाने पछी ड्र भएको थियो । यस्तै गरी आज ६ वटा खेलभएको छ ।
चौथो खेलमा वीरगंज पब्लिक कॉलेज”१” ले ग्लोबल बिज़नेस कॉलेज +२ लाई (३१-१) को अन्तरले हराएको छ ।
पाचौ ठाकुर राम मल्टीपल कैम्पसले नेशनल मेडिकल कॉलेज “१” लाई (५-४) को अंतरले हराएको छ ।
छैठो खेलमा वीरगंज पब्लिक कॉलेज ले नेशनल मेडिकल कॉलेज “२” लाई (३-२) को गोलको अंतरले हराईको छ । यस्तै आज ६ वटा खेल भएको छ ।
पर्साको छिपहरमाईमा स्कुले बालिका र महिलाहरुको अश्लील भिडियो बनाएको सज्जाद अहमद पक्राउ

पर्सा ५ चैत । स्कुले बालिका र महिलाहरुकाे अश्लील भिडियाे बनाएकाे आराेपमा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका ५ बाट एक युवकलाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी ३० बर्षिय सज्जाद आलम अहमद रहेका छन्।
सज्जादले गाउँपलिका क्षेत्र भित्रका स्कुल पढ़ने बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आराेपमा गाँउलेले आइतबार नियन्त्रणमा लिएर प्रहरी चाैकी भिस्वाकाे जिम्मा लगाएका थिए।त्यसपछि स्थानीयले कडा कारबाहीकाे माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुकासाथै बजारपनि बन्द गराएपछि सज्जादलाई त्यहाबाट ईलाका प्रहरी कार्यालय पाेखरियामा ल्याएर राखिएको प्रहरी निरीक्षक माेहनविक्रम केसीले जानकारी दिए।
सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभपनि बरामद गरिएकाे उनले बताए ।साथै उनकाे माेबाइल रपेनड्राइभमा केहि अश्लील भिडियाेपनि भेटिएको उनले बताए ।
केहि समय पहिले साउदी अरबबाट वैदेशिक रोजगारी गरेर नेपाल फर्किएपछि यता सज्जाद यस्तो गतिविधिमा लागेको स्थानीयबासिको आरोप छ।
आराेपित सज्जादलाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखिएको र पिडितहरुलाई लिखित जाहेरी लिएर आउन आग्रह गरिएको केसीले बताए ।उनले भने,`पिडितबाट जाहेरी आएपछि त्यसकै आधारमा कारबाही प्रकृया प्रहरीले अगाडि बढाउँछ ।´
वीरगंज महानगरपलिका वडा नं १० द्वारा आयोजना भएको दोस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी टिम कोशीलाई

वीरगन्ज महानगरपालिका वडा नं १० को वडा कार्यलय समितीको आयोजनामा र घडिअर्वा स्पोर्ट्स क्लबको सहयोगमा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
आज भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खेलमा हारजित हुने हुदा यसमा कसैले पिर मान्नु नपर्ने बताए । अहिले खेलकुद जस्ता कार्यक्रममा राजनीतिक भाषणहरु बन्द गर्नुपर्ने उनले बताए । खेलमा राजनीतिक कर्मीहरुले खेलको भावना संग अगाडि बड्नु पर्नेमा उनले जोड दिए । त्यस्तै उनले वडा अध्यक्ष सुशिल साह कानु लाई धन्यवाद दिदै भने वडा नं १० ले आयोजना गरेको क्रिकेट टुर्नामेन्ट एकदम सर्हानिय रहेको आउने दिनमा पनि यस्ता खेलहरु को निरन्तर आयोजना हुनेना आफूले विश्वास लिएको बताए ।
आज भएको समापन कार्यक्रमको अध्यक्षता गरेका वडा नं १० का वडा अध्यक्ष सुशिल साह कानुले चुनाबको बेला आफुले गरेको प्रतिवद्वता अनुसार नै हरेक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको बताए । वीरगन्ज महानगर अन्तर्गत रहेको आदर्शनगर खेलकुद मैदानमा अधिक चापले गर्दा ठाकुर राम कलेजको जिर्ण अवस्थामा रहेको खेलकुद मैदानलाई वडा कार्यलय र वीरगन्ज महानगरको सहयोगमा मर्मत सम्भार गरि टुर्नामेन्ट आयोजना गरेको बताए । त्यस्तै आउने दिनमा ठाकुर राम कलेज कै शिक्षा भवन अन्तरगत खालि रहेको खेल मैदानमा ब्याडमिन्टन कोट र बास्केटबल कोट निर्मान गर्ने आफ्नो योजना रहेको बताए ।
त्यस्तै आज भएको फाइनल खेलमा टिम बागमती लाइ हराउदै टिम कोशीले उपाधी उचालेको छ । २० ओभरको खेलमा टिम बागमती ले १४९ रन बनाएको थियो भने जवाफी ब्याटिङ मा उत्त्रेको कोशी टिमले एक विकेटको छतिमा सो लक्ष्य हासिल गरि विजय भएका थिए । टिम कोशीका ओपनर ब्याट्सम्यान ले सतकिय साझेदारी गरि आफ्नो टिमको जित सुनिश्चित गरेका थिए । आजको खेलको मैन अफ दि म्याच राहुल साह घोषित भएका थिए ।
आज भएको समापन कार्यक्रममा अतिथिका रुपमा वडा सदस्यहरु संतोषज जेसि चौलागाईं , प्रभु महतो घडिअर्वा स्पोर्ट्स क्ल्बका अध्यक्ष संतोष कुमार साह , टुर्नामेन्ट खेल सहयोजक लखन लाल गुप्ता , छठ पुजा ब्यवस्थापन समितीका अध्यक्ष दिलिप साह कानु , समाज सेवि प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बाराले अव कलैयाबाट सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्ने भएको छ । २०८० मंसिर २५ मा कार्यालय स्थापना भएसँगै पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ ।
मधेश प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाबाट लाइसेन्स वितरणको प्रकृया अगाडि बढाएकाे कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए । यस अघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा अव लाइसेन्स नै वितरणको जिम्मेबारी पाएको कार्यालय प्रमुख हुसेनले बताए । उनका अनुसार अव माेटरसाईकल स्कुटीदेखि जीप, कार, अटाे रिक्सा ट्रयाकटर जस्ता हलुका सवारी साधनको लाइसेन्स बितरण गर्ने अधिकार कार्यालयले पाएको बताए ।
अधिकार पाएसँगै लाइसेन्सका लागि फाराम खुल्ला भईसकेको पनि हुसेनले जानकारी दिए । अव भटाभट लाईसेन्स बितरणको कार्य सुरु हुने उनले बताए । लाईसेन्स बितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको हुसेनले बताए ।
कार्यालय नजिकै रहेको गंगापुर ३ स्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भईसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सो सवारी ट्रायल सेन्टर संचालनमा आएको कार्यालय प्रमुख हुसेनले बताए । सुरुमा हलुका सवारीको लाईसेन्स बितरण गर्ने र विस्तारै सबैखाले बितरण गर्ने नीति लिइने कार्यालयले जनाएको छ ।
यसअघि यातायात कार्यालय बारालाई लाईसेन्स बितरणको अधिकार नहुँदा जिल्लाका हजारौँ सेवाग्राही वीरगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ ।
भारतीय नागरिक मुराद र अलिराजको नागरिकता खारेज गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता

वीरगंज । झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ ।
वीरगंज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को स्थायी वासिन्दा भन्दै नागरिकता लिन सफल सैफ अली ठकुराई उर्फ अलीराजा चौहान र मुराद अली ठकुराई उर्फ मुराद अली चौहान विरुद्ध नागरिकता खारेजि हुनु पर्ने दावि सहित जिल्ला प्रशासनमा उजुरी परेको हो ।
भारतीय बाबू रहेको जन्मदर्तामै स्पष्ट हुँदाहुँदै पनि झुठा विवरण पेश गरेर दुबै जनाले वंशजको आधारमा गएको २०७० जेठ १३ मा नेपाली नागरिकता लिन सफल भएका थिए ।
लगत्तै २०७८ भदौ ३० मा जन्मस्थान धनुषाको हरिने गा.पा वडा नं ३ रहेको स्थायी बासस्थान वीरगंज महानगरपालिका ३ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रतिलिपी लिएका छन् ।
धनुषाबाट जारी भएको नागरिकतामा आमाको नाम उल्लेख भएकोमा पर्साबाट लिएको नागरिकतामा आमाको नाम समेत हटाइएको छ ।
यस्तै उनीहरु भारतको विहार राज्य जिल्ला पूर्वि चम्पारण थाना आदापुर पंचायत लक्ष्मीपुर पोखरी वडा नं १० पोष्ट विसुनपुरवाका स्थायी वासिन्दा रहेको उजुरीमा उल्लेख छ ।
सैफ अली २०५२ र मुराद २०५७ मा जन्म भएको देखिएको तर २०६३ को नागरिकता टोलीबाट उनकी आमा हप्सा खातुनले जन्मको आधारमा बाबुको नामबाट अविवाहित नागरिकता लिएको देखिएकाले परिवारैले झुठा विवरणको आधारमा नेपाली नागरिकता लिएको स्पष्ट भएको भन्दै तत्काल पक्राउ गरि कारबाही गर्न उजुरी परेको हो ।
वीरगंज महानगरपालिका वडा नं.१ निवासी शुरेसमान सिंह श्रेष्ठले झुठा विवरण दाखील गरी जन्म दर्ता एवं नागरिक्ता लिने दुबैलाई कानून बमोजिम कारवाही अगाडी बढाइ नागरिकता बदर गरी हदैसम्म दण्ड सजाय गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
झुठा विवरण पेश गरि भारतीय व्यक्तिले नेपाली नागरिकता लिएको भन्ने उजुरी प्रमाण सहित पेश हुन आएकाले दर्ता गरेर तत्काल कारबाहीका लागि अघि बढाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउनु भयो ।
सैफ अली र मुराद आफूलाई नेकपा एमालेको कार्यकर्ता बताउने वीरगंज ३ का लियाकत अलीका सहोदर भान्जा हुन् ।
भारत विहे गरेकी आफ्नै दिदीका छोराहरुलाई झुठा विवरणको आधारमा नेपाली नागरिकता दिलाउने मतियारको रुपमा रहेका उनै लियाकत अहिले अन्य व्यक्तिको नागरिकता छानविन हुनुपर्ने माग गर्दै सडकमा उफ्रिरहेको देख्न सकिन्छ ।
प्रेमको जालमा फँसाएर नेपाली बालिकालाई भारतको केरला लग्न खोज्ने मोहम्मद पक्राउ

वीरगंज (पर्सा), २६ फागुन । नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ बर्षिय नाबालिगलाई नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका वीरगंजका २६ बर्षिय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् । अन्सारीलाई भारतको उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुको साथै नाबालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।
बालिकाले सोधपुछको क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेको ब्यान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणको बारेमा अनुसन्धान गरिरहेको इन्सपेक्टर शर्माले वताए । उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसंग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका थिए । युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरेपनि फेला पार्न सकेनन् । आफ्नो छोरी बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप कल आयो र मोहम्मद इस्राफिल अन्सारीले आफ्नी केटीलाई बिर्सिदेऊ र अब कहिल्यै फिर्ता नपाउने धम्की दिए ।
काउन्सिलिङका क्रममा नाबालिग बालिकाले भनिन् कि एक दिन मोहम्मद इस्राफिल अन्सारी आफ्नो फोन घरमा बिर्सेर घरबाट बाहिर गए, त्यसपछि उनका एक नातेदारले उनलाई फोन गरे र मोहम्मद इस्राफिल अन्सारी कहाँ छन् भनेर सोधे ? युवतीले भनिन् को इस्राफिल ? त्यसपछि युवतीले आफ्नो वास्तविक नाम थाहा पाउन अघि नै युवतीले उनको नाम मुन्ना महतो भनेर चिनिन् । सोधपुछका क्रममा उनले थप दुई युवतीसँग विवाह गरि छाडेर गएको पनि खुलासा भएको भारतिय प्रहरीले जनाएको छ ।
श्रोत:- वीरगंज टाइम्स
वीरगन्ज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ
आज शनिबारका दिन वीरगन्ज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०८० को शुभारम्भ भएको छ । वीरगन्ज महानगरपालिका वडा नं १० को वडा समिती तथा घडिअर्वा स्पोर्ट्स क्लबको सहयोगमा उक्त प्रतियोगिताको शुभारम्भ भएको हो ।
आजबाट सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी गणेश लाठले यस ठाउमा आएर आफू पनि युवा भएको महसुस गरेको बताए । २०३९/४० साल तिर आफू जिल्लाको तर्फ बाट कराते खेलको लागि चुनिएर पोखरा गएको र त्यो समयमा सरकारले दिनको पचहत्तर रुपैया भत्ता दिने गरेको थियो । तर अहिलेको सरकारले खेलाडीहरु लाई केही पनि नदिएको गुनासो गरे । यस्तो अवस्थामा हामी खेलाडीहरु संग अन्तर्राष्ट्रिय स्तरमा चमत्कार गरोस भनेर अपेक्षा गर्छौ यो कदापी हुन नसक्ने बताए । त्यस्तै वडा नं १० का वडा अध्यक्ष सुसिल साह कानु ले शुरु गर्नु भएको वडा स्तरिय क्रिकेट खेलको प्रशन्सा गर्दै उनले खेल जगतले युवाहरुको जीवन लाई सपार्नुका साथै अनुशासनमा बस्ने गुण सिकाउन ठूलो भुमिका खेल्ने बताए ।
आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिले को आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए । 
आज भएको उदघाटन खेलमा यस वडा नं १० मा रहेको सातजना बिधालयले मार्च पासको प्रदर्शन गरेका थिए । मार्च पास प्रदर्शनमा प्रथम स्थान माउन्ट मकालु मा. बिधालयले हासिल गरेको थियो भने दोस्रो र तेस्रो स्थान क्रमस राम चरण पन्नालाल मा.बि र लिटल एनंजल मा.बि ले प्राप्त गरेका थिए । सहभागी बिधालयहरु लाई सिल र सम्मान पत्र ले सम्मानित गरिएको थियो ।
आज भएको उदघाटन कार्यक्रममा विशिष्ट अतिथिमा प्रमानन्द साह कानु , अशोक टेमानी , ठाकुर राम कलेज का प्रमुख रंजित यादव सहभागी रहेका थिए । त्यस्तै अतिथीहरु वडा समिती वडा नं १० क सदस्य सन्तोष जे. सि चौला गाई , प्रभु महतो , घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष संतोष कानु , सचिव संतोष साह , पन्नालाल मा. बि का शिक्षक बिनोद गिरी , घडिअर्वा छठ पुजा समिती का अध्यक्ष दिलिप कानु लगायतको उपस्तिथि रहेको थियो ।
आज भएको उदघाटन खेलको सुरुमा वडा नं १० का वडा समिति र घडिअर्वा स्पोर्ट्स क्लब बिच मैत्रीपुर्ण खेल प्रतियोगिता भएको थियो । १० ओभर को खेलमा वडा नं १० को वडा समितीले १०० को लक्ष्य दिएको थियो जसमा वडा अध्यक्ष सुसिल साह कानु ले व्यक्तगत ३१ रन जोडेका थिए भए दिपु कलवार ले ३० रन जोडेका थिए । १०१ रनको लक्ष्य पाएको घडिअर्वा स्पोर्ट्स क्लबले ९ ओभरको समाप्ति मा १०१ रन बनाइ बिजय भएको थियो ।