वीरगञ्ज । प्रतिक प्रकाशन समूहले हरेक वर्ष प्रदान गर्ने सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार चन्द्रकिशोर झा पुरस्कृत भएका छन् । फोटो पत्रकार दिवगंत सुवोध सिंहको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका स्तम्भकार एवम् खोज पत्रकारिता केन्द्रका अध्यक्ष झा यस वर्ष पुरस्कृत भएका हुन् ।
वीरगञ्जबाट प्रकाशित राष्ट्रिय ‘क’ वर्गको प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा झालाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र प्रतिक प्रकाशन दैनिकका प्रधान सम्पादक जगदीश शर्माले सयुँक्त रुपमा दोसल्ला ओढाएर ५१ हजार राशीको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले २/४ वर्षपछि पुरस्कारको राशीलाई १ लाख बनाउने आयोजकको लक्ष्य अर्काे वर्षदेखि नै पूरा गर्ने गरी महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वीरगञ्जको पत्रकारितालाई सुधार र विकास गर्दै यहाँका पत्रकारहरुको क्षमता अभिवृद्धि एवम् पत्रकारिताको स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । साथै उनले आफुले महानगरको नेतृत्व गरेदेखि कुनै पनि किसिमका अनियमितता नगरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धानलाई आएर छानविन गर्न चुनौती पनि दिएका छन् । अख्तियारले खाली पत्र पठाउने गरेपनि आएर छानविन गरेर कागजात नियन्त्रणमा लिने हिम्मत गर्न नसकेको महानगर प्रमुख सिंहको भनाई छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थिती रहेको थियो ।
सुरुमा फोटो पत्रकारलाई मात्रै प्रदान गरिँदै आएको पुरस्कार गत वर्षदेखि अन्य विधाका पत्रकारलाई पनि प्रदान गरिदै आएको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको पत्रिकाका सम्पादक शत्रुघ्न नेपालले जानकारी दिनुभयो । सोही अवसरमा प्रतिक दैनिकले जितलाल राम, मुकेश बस्नेत र धर्मेन्द्र ठाकुरलाई पनि नगद र सम्मान पत्रमार्फत सम्मानित गरेको थियो ।
युथ्स अफ बिरगंज
वीरगंजकाे विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान वीरगंजको शान्ति सुरक्षा मजबुत हुने विश्वास

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बैभव बीरगंजको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगंज बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।
बीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिवी क्यामरा राडर मोनिटरीङ्ग सिस्टमको उद्घाटन गर्दै नगर प्रमुख सिंहले अत्याधुनिक क्यामराको जडानसँगै अब वीरगंजको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुपमा जडान गरिएको अत्याधुनिक सिसिटिवी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताउनु भयो ।
वीरगंज महानगरपालिकाको २७ लाखको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा राडर सहितको क्यामरा जडान गरिएको हो ।
सो क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो ।
वीरगंज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।
यसैविच आज एक कार्यक्रमका विच वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गण्डक चोकको शहिद तेज बहादुर अमात्यको शालिक राखिएको स्थानमा नयाँ राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागिता रहेको थियो ।
ठाकुरराममा उत्तरपुस्तिका साट्ने धन्दा चलाएका यादवसहित दुई जना रंगेहात पक्राउ

वीरगन्ज,३१ साउन :वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षमा उत्तरपुस्तिका नै हेरेफेर गरेर उत्तीर्ण गराउने गिरोहका दुई जना बुधबार रङ्गे हात पक्राउ परेका छन् ।
बुधबार एक विद्यार्थीलाई उत्तीर्ण गराउनका लागि परीक्षामा उत्तरपुस्तिका (कापी) साटेको आरोपमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुखसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका प्रमुख विनोद स्वर्णकारलाई उत्तरपुस्तिका साट्दै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरेको हो ।
ठाकुरराम क्याम्पसमा वर्षौदेखि परिक्षा शाखा प्रमुखका रुपमा कार्यरत यादव , एक महिनापहिले मात्र अवकाश लिएका थिए । हाल उनि वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पसको परिक्षा शाखा प्रमुखमा कार्यरत छन् ।
ठाकुरराम क्याम्पसको बिबिएस दोश्रो वर्षको परीक्षा केन्द्र वीरगन्जकै त्रिजुद्ध माविमा तोकिएको छ । बुधबार बिहान परीक्षा सकिने बेलामा यादवले एक विद्यार्थीले दिदै गरेको परीक्षाको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट लेखेर ल्याइएको अर्को उत्तरपुस्तिका राख्न भन्दै परिक्षा केन्द्र प्रमुख स्वर्णकारलाई दिदै गरेको भेटिएपछि यादव र स्वर्णकार दुवै जनालाई रङ्गेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले बताए ।
शिवाकोटीका अनुसार ,त्रिजुद्ध माविको परीक्षा केन्द्रमा ठाकुरराम क्याम्पसको परीक्षा चलिरहेको र त्यहा बाहिरबाट लेखेर ल्याइएका उत्तरपुस्तिका पुस्तिका साट्ने चलखेल भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा बुधबार बिहान प्रहरी निरीक्षक शिवाकोटी नेतृत्वको प्रहरी टोलीले खटिएको थियो ।
क्याम्पसमा कार्यरत परीक्षा शाखाका बहालवाला कर्मचारी,पूर्व कर्मचारी, प्राध्यापक र केहि विद्यार्थी संगठनका नेताहरुको मिलोमतोमा विद्यार्थीसंग रकम लेनदेन गरी परिक्षामा उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराउने धन्दा वर्षौदेखि चल्दै आएको छ ।
क्याम्पसमै कार्यरत एक कर्मचारीले भने,‘ यो धन्दा वर्षौदेखि चल्दै आएको छ । एउटा विषयको परिक्षामा पास गराउन विद्यार्थीसंग ३० देखि ३५ हजार रुपैयाँ असुली गरिन्छ ।
परिक्षामा वास्तविक परीक्षार्थीको सट्टा नक्कली परीक्षार्थीलाई बसाएर लेख्न पनि लगाइन्छ ।अनि कापी साट्नेपनि गरिन्छ । यदि खोज्दै जाने हो भने यो धन्दामा क्याम्पसका एकसे एक व्याक्तिहरुको चरीत्र पर्दाफास हुन्छ ।यहि धन्दा बन्द हुने भयो भनेर नै दुई महिना पहिले ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्य जिल्लामा तोकिएपछि विद्यार्थी संगठनहरुले आन्दोलनपनि गरेको ती कर्मचारीले बताए ।
बुधबार परिक्षा केन्द्रबाट पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
दुवै जना विरुद्ध शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडि बढाइने जानकारीपनि उनले दिए । शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनियता भंग गरेमा वा अरुको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसूरको मात्रा हेरेर १ लाख रुपैयाँ जरीबाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

मिति २०८०।०४।२० गते अं.१०:०० बजेको समयमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजार स्थित यस कार्यालय मातहत प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR22 AJ 3199 नम्बरको कालो रंगको सुपर स्पलेण्डर मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँको शरिर कानूनी रीतपुर्याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीवाट भारतीय प्रतिबन्धित रू.५०० दरका नोट २४९ थान, भारतीय रू.१०० दरका नोट थान-२ र रू.२० दरका नोट-३ गरी जम्मा भातीय रू.१,२४,७,६०।– ( एक लाख चौवीस हजार सात सय साठी ) फेला परेको हुदाँ उल्लेखित नम्बरको मो.सा.सहित निजलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि मिति २०८०।०४।२१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।
देशभर एक लाख ८९ हजार बिरुवा रोप्दै सम्पन्न भयो राउन्ड टेबल नेपालको वृक्षारोपण अभियान
वीरगञ्ज । देशभरमा एक लाख वृक्ष रोपण गर्ने उद्देश्यका साथ सुरु भएको राउन्ड टेबल नेपालको अभियान आइतबार सम्पन्न भएको छ ।
जलवायु परिवर्तनबाट पर्यावरणलाई जोगाउनुका साथै प्रदूषण नियन्त्रण र रुखको महत्त्व बारे जागरूकता फैलाउने उद्देश्यका साथ राउन्ड टेबल नेपालले सुरु गरेको अभियान आज सम्पन्न भएको हो । अभियानका क्रममा राउन्ड टेबल नेपालले लक्ष्यभन्दा पनि बढी झन्डै १ लाख ८९ हजार वृक्षहरू वितरण गरेको छ ।
आइबार पर्साको पोखरिया नगरपालिकामा संस्थाले आयोजना गरेको कार्यक्रममा मेयरलगायतका जनप्रतिनिधिलाई ४० हजार वटा वृक्ष हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मधेस सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पछिल्लो समय प्रदेशमा देखिएको पानीको हाहाकारले बोटबिरुवाको महत्त्व बारे थप सचेत गराएको बताए । चुरे दोहन, अनियन्त्रित वन विनाश र सहरीकरणले गर्दा पानीको हाहाकार निम्त्याएको बताउँदै उनले समाधानका लागि बढीभन्दा बढी रुखहरू रोप्नु पर्ने सुझाव दिए ।
राउन्ड टेबल नेपालले लिएको एक लाख वृक्ष रोपण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यमा सफलता प्राप्त गरेकोमा संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिन पनि मन्त्री कुर्मीले आग्रह गरे । ‘के गर्नु पर्छ प्रदेश सरकारबाट हामीले गर्छौँ, तपाईँहरूले हामीलाई भन्नुपर्यो । कहाँ के आवश्यकता छ । वन तथा वातावरण मन्त्रालयले सम्भव भएसम्म सहयोग गर्नेछ । तर यस्तो राम्रो अभियान रोकिनु भएन,’ उनले भने ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य समेत रहेका कुर्मीले वृक्षारोपणसम्म सीमित नहुन सुझाव दिँदै त्यसको संरक्षण तर्फ ध्यान दिन पनि आग्रह गरे । उनले भने, ‘वृक्षारोपण गरेर मात्र हुँदैन त्यसलाई हुर्काउने, संरक्षण तर्फ पनि हामीले ध्यान दिनुपर्छ । यसको लागि सबैको संयुक्त प्रयास चाहिन्छ । प्रदेश सरकारको तर्फबाट ट्री गार्ड उपलब्ध गराउने जिम्मा म लिन्छु, स्थानीय सरकारले यसलाई जोगाउने जिम्मा लिनुपर्यो ।’
त्यस्तै कार्यक्रममा बोल्दै राउन्ड टेबल नेपालका पूर्व राष्ट्रिय अध्यक्ष एवम् ४१ वनर्स क्लबका राष्ट्रिय अध्यक्ष मनोज कुमार दासले पनि वृक्षारोपण जस्तो महत्त्वपूर्ण काम गरेकोमा राउन्ड टेबल नेपाल प्रति आभार प्रकट गरे । जलवायु परिवर्तन, प्रदूषण र ग्रिन हाउस ग्याँस उत्सर्जनका कारण सङ्कट तर्फ अघि बढिरहेको संसारलाई जोगाउन वृक्षारोपणले ठूलो भूमिका खेल्ने बताउँदै उनले अन्य सङ्घ संस्थाहरूलाई पनि राउन्ड टेबलबाट पाठ सिक्नुपर्ने धारणा राखे ।
यस्तै राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले वृक्षारोपण मार्फत मान्छेले प्रकृतिलाई प्रयोग गरेर उठाएको फाइदा बापत ऋण तिर्न सक्ने बताए । उनले भने, ‘एक अध्ययनअनुसार एउटा मान्छेले जीवनभरमा विभिन्न कामका लागि पाँच वटा रुख प्रयोग गर्छ तर एउटा पनि रोप्दैन, रोपे पनि हुर्काउँदैन । वृक्षारोपण हाम्रो लागि प्रकृतिबाट लिइएको ऋण फिर्ता गर्ने एउटा उपाय हो । पाँच वटाको सट्टा हामीले २० वटा रुख रोप्दै त्यसलाई हुर्काएर ऋण चुक्ता गर्नुपर्छ ।’
३५ औँ वार्षिकोत्सवको अवसरमा राउन्ड टेबल नेपालले लिएको एक लाख वृक्ष रोप्ने लक्ष्यभन्दा पनि बढी प्राप्त गर्न सहयोग गर्ने संस्थाका सदस्य र सहयोगी सङ्घ संस्थाहरूलाई पनि उनले धन्यवाद दिए । उनले आगामी दिनमा पनि संस्थाले सबैसँग यसै प्रकारको सहयोगको अपेक्षा गरेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले राउन्ड टेबल नेपाल मार्फत प्राप्त भएको सम्पूर्ण वृक्षहरूलाई रोप्नेदेखि त्यसको संरक्षण नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरपालिकाले एउटा वृक्ष रोपण भनेर छुट्टै शाखा नै स्थापना गरेर अभियान मार्फत प्राप्त गरेका बिरुवाहरूलाई रोप्नेदेखि संरक्षण गर्ने बताए । मेयर चौहानले पोखरिया नगरपालिका जिल्लाको केन्द्रका रूपमा विकसित हुँदै गएको बताउँदै यसलाई व्यवस्थित गर्न सडकको दुवै तर्फ वृक्षहरू रोपिने जानकारी पनि दिए ।
मेयर चौहानकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर रूबी कुमारी ठाकुर, संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, राउन्ड टेबल नेपाल एसिया प्यासिफिक रिजनका अध्यक्ष सौरभ केडिया, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुदिन समानी, नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष विधाञ्चल ठाकुर, पूर्व गाविस अध्यक्ष जोगेन्द्र प्रसाद कुर्मी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राउन्ड टेबल नेपालका सदस्यलगायतको सहभागिता रहेको थियो ।
गाइको मासु तस्करीमा प्रहरी, जनप्रतिनिधि र क्वारेन्टाइनकै प्रमुखको संरक्षण

बारा, १६ श्रावण / नेपालको रास्ट्रीय जानवर तथा हिन्दु धर्मावलम्बीले आमा सरह पुज्दै आएको गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइन्छ । बाराको एक मात्र मुख्य नाका रूपमा मटिअर्वा नाका हुदै जनप्रतिनिधि, प्रहरी र पशु क्वारेन्टाइन प्रमुखको संरक्षणमा गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइएको हो ।
सोमवार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले मटिअर्वा नाकाको छुट्टा छुट्टै स्थानबाट गाइको मासु सहित ५ जनालाइ नियन्त्रणमा लिएको थियो । तर गाइको मासु सहित पक्राउ परेका चार जना नै पक्राउ गरेको केहि घन्टामै उन्मुक्ति पाएका थिए । स्थानीय जनप्रतिनिधि लगायत बारा जिल्लाको बिभिन्न पालिकाका अध्यक्षको दवाब तथा आर्थिक प्रलोभनको लोभमा परि प्रहरी र पशु क्वारेन्टाइनका प्रतिनिधिको मिलोमतोमा गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार गाइको मासु सहित ५ जना पक्राउ परेको बताए । उनका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर निवासि ३६ बर्सिय अलिराज मिया, कलैया उपमाहनगरपालिका वडा नम्बर १० मटिअर्वा निवासि तैयब मिया, फेटा गाउपालिका वडा नम्बर ३ बस्ने हैदर अलि मिया र पोखरिया नगरपालिका वडा नम्बर ८ बस्ने असरदिन हवारीलाइ गाइको मासु सहित पक्राउ गरिएको जनाएका थिए । प्रहरी उपरीक्षक बोगटीले पक्राउ पर्नेहरूलाइ नियन्त्रणमा राखि अनुसन्धान गर्ने जनाएपनि पक्राउ गरेको केहि घन्टामै ५ जनै उन्मुक्ति पाएका थिए ।
प्रहरी उपरीक्षकको भनाइ मात्र भासण बाहेक कार्यन्वयन नभएको स्पस्ट बुझिन सकिन्छ । यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी समेतले केहि कारवाहि नै नगरि गाइको मासु तस्करलाइ उन्मुक्ति दिएको स्पष्ट बुझिन सकिन्छ ।
हिन्दुहरूले माता स्वरूप पुजा गर्दै आएका गाइको मासु तस्करी गर्ने गिरोह बढ्दै गएको सोमवारको कार्य प्रगतिले प्रष्ट पारेको छ । तर गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिन पशु क्वारेन्टाइनका पदाधिकारीले समेत कम सहयोग गरेको पाइएन । बाराको मटिअर्वा भन्सार भित्र रहेको पशु क्वारेन्टाइनका प्रमुख रामाधार प्रसाद साहले समेत गाइ मासु तस्कर समुहलाइ सहयोग पुर्याउदै उन्मुक्ति गर्न सहयोग पुर्याएको खुलेको छ । गाइ मासु प्रत्येक तस्कर धरौटी वापत ५ हजारदेखि २५ हजार धरौटी राखि रिहा गर्नुपर्ने प्रावधान हुदा हुदै मात्र ५ हजार धरौटीमा रिहा गरेको पाइन्छ ।
गाइको मासु तस्करी गर्ने गिरोह मात्र मुस्लिम समुदाय रहेको र मुस्लिम जनप्रतिनिधि नै दवाब र आर्थिक प्रलोभन देखाए पश्चात ५ जनालाइ नै रिहा गर्न पशु क्वारेन्टाइन मटिअर्वाका प्रमुख रामाधार प्रसाद साहले सहयोग पुर्याएको स्थानीयले आरोप लगाएका छन । स्थानीयका अनुसार रकमको प्रलोभनमा परि हिन्दुहरूले माता स्वरूप मानिने गाइको मासु तस्करी गर्ने गिरोहलाइ सहयोग पुर्याउने पशु क्वारेन्टाइनका प्रमुखलाइ कारवाहि गर्न मध्यक्षेत्रीय पशु क्वारेन्टाइनका प्रमुख सङ्ग अपिल गरेको स्थानीय बताउछन ।

मिति २०८०।०४।१३ गते अं. १६:०० बजे जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं. ४ गोडिअर्वा स्थितमा प्रहरी चौकी सिलौर्वापछवारी सिरहाबाट प्र.स.नि. हनुमान मण्डलको कमाण्डमा खटीएको टोलीले BR32AM 3778 नं. को निलो रंगको अपाचे मोटरसाईकल लाई शंका लागि चेकजाँच गर्दा सोही मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा होममेड सेमीअटोमेटिक पेस्तोल थान- १ र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित मोटरसाईकल चालक जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. २ बननिया बस्ने अं. बर्ष २४ को कम्रुदिन राइन र मोटरसाईककल पछाडी सवार ऐ.ऐ. बस्ने अं. बर्ष १८ को चन्दन कुमार सदाय समेत लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ३० बर्षिय जया कुशवाहाको हत्या भएको उनका आफन्तजनले आरोप लगाएका छन ।मुर्ली निवासी कुशवाहा दुई दिन पहिले आफनो ससुराली घर बाराको बिश्रामपुर गाउँपालिका–१ मा मृत अवस्थामा आफनै घरमा भेटिएकी थिईन ।आफनाी बहिनीको शब आफनै घरको बिछयौनामा भेटिएको तथा उनको हत्या गरिएको कुशवाहाका भाई दीपेन्द्र कुशवाहाको आरोप छ ।उनले आफनी बहिनीसित भेटन जादा राम्रोसित कुराकानी हालखबर समेत ससुरा पक्षले सोध्न नदिने गरेकाले आफना ज्वाई तथा परिवारले मिलेर हत्या गरेको हुनसक्ने बताए ।डेढ बर्षअघि बिश्रामपुर गाउँपालिका–१ निवासी बोर्डिङ स्कुलमा शिक्षकको काम गर्दै आएका दीपेन्द्र कुशवाहासित आफनो बहिनीको बिहे हुदा बिहेमा २९ लाख रुपैया खर्च भएको दीपेन्द्र को भनाई छ ।उनले ससुरा पक्षले थप दाईजो समेत माग्ने गरेको जानकारी दिए ।बहिनीको शबलाई पोष्टमार्टमको लागि लगिएको तथा घटनालाई आत्म हत्या देखाउन खोजिएकोले उचित छानबिन गर्नुपर्ने दीपेन्द्रको माँग छ ।

नेवा देय् दबू बिरगंज महानगर समितिले वडा नम्बर ४ को कार्यालयमा आयोजना गरेको महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा ७४ महिलाले चेकजाँच गराएका छन l
बिरगंज स्थित नारायणी अस्पतालको सहयोगमा संचालन भएको स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै बिरगंजकी समाजसेवीका अन्नपुर्ण मानन्धरले महिलाहरु स्वस्थ भए मात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुनेमा जोड दिनुभयो l उहाँले नेपाली महिलाहरुमा पाठेघरको मुखको हुने क्यान्सरले बिकराल रुप लिरहेको भन्दै समयमै महिलाहरु आफ्नु स्वास्थ्य प्रति सचेत हुनुपर्ने कुरामा समेत जोड दिनुभयो l
स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. दिप्ती यादवले जानकारी दिनुभयो l पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग(भिआइए ) परीक्षण गराएका मध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि नारायणी अस्पताल आउन सल्लाह दिएको उहाँले बताउनुभयो l
शिविरमा नारायणी अस्पतालकी स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. प्रिती यादव, डा. दिप्ती यादव, डा. मिता महर्जन र डा. प्रिती यादवले संयुक्तरुपमा महिलाहरुको चेकजाँच गर्नु भएको थियो l
पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर बिशेष गरी गाउँघरमा हुने गरेको हुदा सहरी क्षेत्रमा समेत यसको आवश्यकतालाई मध्य नजर गर्दै बिरगंजमा यो शिविरको आयोजना गरिएको नेवा देय दबू बिरगंज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिनुभयो l उहाँले पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै यही बिकराल समस्या केही न्यूनीकरण होस भन्ने उद्देश्य लिएर शिविरको आयोजना गरेको बताउनु भयो l
नारायणी अस्पतालकी प्रसुती गृहकी नर्सिङ्ग इन्चार्ज हेमा थापाले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको बिषयमा जानकारी गराउनु भएको थियो l उहाँले गाउँघरमा महिलाहरु स्वास्थ्य अज्ञानताको कारण र सहरी क्षेत्रमा भने जानकारी भएर पनि चेकजाँचका लागि समय नभएको कारण यो रोगबाट पिडीत हुने गरेको बताउनु भयो l थापाले यसबाट जोगिन बेलाबेलामा पाठेघरको समस्या चेकजाच गर्न आग्रह गर्नुभयो l
शिविर कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. चितरजन शाह, बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. सुरेन्द्र चौधरी लगायतको उपस्तिथी रहेको थियो l शिबिरमा उपचार पश्चात निशुल्क औषधि समेत वितरण गरिएको थियो l

मुस्कान श्रेष्ठ ।
वीरगञ्ज,पर्सा–७ साउन ।
वीरगञ्जका महिलाहरुद्वारा संचालित वुमन क्रिएसन नामक संस्थाले ‘समर फेयर २०२३’ को अयोजना गरेको छ ।
महिला उद्यमीहरुको क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउने उदेश्यले शनिबार वीरगञ्जमा ‘समर फेयर २०२३’ को आयोजना गरिएको हो । मेलामा महिलाहरु आफैले उत्पादन गरेको विभिन्न बस्तुहरुको प्रदर्शन गरिनुका साथै मनोरञ्जनका लागि विभिन्न खेलहरुको व्यवस्था गरिएको थियो ।
मेलाको अवलोकन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले देशकै आर्थिक नगरीको रुपमा चिनिने वीरगञ्जमा महिलाहरु समेत उद्यम, व्यापार क्षेत्रतर्फ अग्रसर भएको देख्दा खुसी लागेको बताए । उनले प्रतिषपर्धाले भरिएको अहिलेको युगमा महिलाहरुद्वारा उत्पादीत वस्तुहरु केवल कोठ वा पसल भित्रसम्म सिमित रहेको भन्दै वीरगञ्ज महानगरपालिकाले प्रत्येक महिनाको अन्तिममा आयोजना गर्ने रात्रि बजारमा विक्री वितरणका लागि राख्न आग्रह गरे ।
उनले विश्वभरका उद्यमीहरुले प्रविधिको भरपूर प्रयोग गरेर अन्तराष्ट्रियस्तरमा आफ्नो व्यापार व्यवसायीमा मनग्य आमदानी गरिरहेको भन्दै डिजीटल मार्केटिङग गर्न महिला उद्यमीहरुलाई सुझाव दिए । उनले महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले वीरगञ्ज महानगरपालिकाले क्षमता अभिवृद्धि तालिमको आयोजना गरिरहेको जानकारी दिए ।
नगर प्रमुख सिंहले देशको सम्मानिय राष्ट्रपति जस्तो पदमा समेत महिलाले प्रतिनिधित्व गरिसकेको हुँदा उद्यम व्यापारमा समेत अगाडी बढ्नुपर्ने कुरामा जोड दिँदै त्यसका लागि महानगरपालिकाले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै वुमन क्रिएशनकी अध्यक्ष हेमा अग्रवालले महिलाहरु केवल घरको कामकाजमा मात्र सिमित नभई घर बाहिरका जिम्मेवारीहरु समेत समाल्हन सक्ने बताईन् । उनले महिलाहरु पुरुष सरह नेतृत्व गर्ने, उद्योग, व्यापार संचालन गर्ने र निर्णय गर्न सक्ने क्षमता भएको हुँदा पनि अवसर नपाउने गुनासो गरिन् ।
अध्यक्ष अग्रवालले कुनै पनि उद्योग वा व्यवसाय स्थापनाका लागि विभिन्न स्रोत–साधन तथा सुविधाहरूको आवश्यक पर्ने हुँदा सम्पूर्ण मात्रामा महिला उद्यमी आफंैले व्यवस्था गर्न नसक्न बताईन् । यस्तो अवस्थामा उनीहरूलाई सहयोग गर्न सरोकारवाला निकायदेखि महिलासंग आबद्ध संस्थाहरु अघी बढ्नुपर्नेमा उनले जोड दिइन् । वीरगञ्जका मेयर राजेशमान सिंहले कार्यक्रमलाई सकारात्मक रुपमा लिएकोमा आफूलाई थप हौसला प्रदान गरेको बताउदै उनले मेयर सिंहले दिएको सुझावलाई मन्न गरेर अघी बढ्ने बताईन् ।
यस्तै वुमन क्रिएसनकी उपाध्यक्ष सुमोना बेर्नजीले अहिले पनि हाम्रो समाजले महिलालाई घर–परिवारको रेखदेख गर्ने रुपमा मात्र लिएको बताइन् । यस्तो मानसिकतालाई चिर्न वुमन क्रिएसनले यसप्रकारको कार्यक्रमको आयोजना गर्दै आएको बताइन् । वीरगञ्जमा थुप्रै महिला उद्यमीहरु भएपनि उनीहरुद्वारा उत्पादीत वस्तुको बजारीकरण हुन नसक्दा पछि परेको क्रिएसनकी उापध्यक्ष बेर्नजीको भनाई छ । सोही कुरालाई ध्यानमा राखी आफूहरुले समर फेयरको आयोजना गरेको र यसले महिला उद्यमीहरुलाई आफ्नो क्षमता देखाउनुका साथै ग्राहकसंग सोझै सम्पर्क गर्ने अवसर प्रदान गरेको बताईन् ।
फेयरमा खाने कुरा, लत्ताकपडा, सजावटका सामाग्री लगायत गरी ५० वटा स्टल राखिएको छ । २००२ मा ४ जना महिलाबाट सञ्चालन भएको वुमन क्रिएसन संसथामा हाल ५० जना सदस्य रहेका छन् ।
कार्यक्रममा वुमन्स क्रिएसनकी नेन्सी अग्रवाल, अफ्साना खातुन, नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका पूर्व अध्यक्ष अनुप अग्रवाल, उद्यमी सञ्जय अग्रवाल, महिला उद्यमीहरु, सञ्चारकर्मी आशु कुमार सर्राफलगायतको उपस्थिति रहेको थियो ।