
वीरगंज, २४ मंसिर वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिनुभएको छ ।
पहिचानको आधार नै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रितिरिवाज रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
आइतबार महानगरपालिकाका मुस्लिम समुदायको भेलाबीच गठन भएको ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक सहिष्णुतासहितको मौलिक समाज निर्माण गर्ने कार्यमा सबै लाग्न आग्रह पनि गर्नुभयो ।
केही उच्छृङखल व्यक्तिका कारण वर्षौँदेखि एक ढिक्कामा रहेको समाज टुक्रयाउने खेला भइरहेको प्रति सबै सजग र सचेत भएर त्यसका विरुद्ध एक भएर लाग्नु पर्ने पनि बताउनुभयो ।
वीरगंज महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मुस्लिम समुदायको सामाजिक तथा सांस्कृतिक पक्षहरुको अध्ययन एवं अनुसन्धान गरी आवश्यक सुझाव पेश गर्ने गरि महानगरद्वारा ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’ गठन भएको हो । महानगरको ३२ वटै वडाबाट सदस्य रहने गरि समितिको संयोजको जिम्मेवारी महम्मद अब्बास मंसुरीलाई दिइएको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाको वडा नं. १४ का वडाध्यक्ष महबुब एलाही, मौलाना असगर मदनी, खुश महम्मद, शेष लाल महम्मद, कलिमुल्लाह मियाँ ठकुराई, खैरुद्धिन मियाँ लगायतको सहभागिता रहेको थियो ।
पर्यटन
गाइको मासु तस्करीमा प्रहरी, जनप्रतिनिधि र क्वारेन्टाइनकै प्रमुखको संरक्षण

बारा, १६ श्रावण / नेपालको रास्ट्रीय जानवर तथा हिन्दु धर्मावलम्बीले आमा सरह पुज्दै आएको गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइन्छ । बाराको एक मात्र मुख्य नाका रूपमा मटिअर्वा नाका हुदै जनप्रतिनिधि, प्रहरी र पशु क्वारेन्टाइन प्रमुखको संरक्षणमा गाइको मासु तस्करी तिब्र रूपले अगाडी बढेको पाइएको हो ।
सोमवार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले मटिअर्वा नाकाको छुट्टा छुट्टै स्थानबाट गाइको मासु सहित ५ जनालाइ नियन्त्रणमा लिएको थियो । तर गाइको मासु सहित पक्राउ परेका चार जना नै पक्राउ गरेको केहि घन्टामै उन्मुक्ति पाएका थिए । स्थानीय जनप्रतिनिधि लगायत बारा जिल्लाको बिभिन्न पालिकाका अध्यक्षको दवाब तथा आर्थिक प्रलोभनको लोभमा परि प्रहरी र पशु क्वारेन्टाइनका प्रतिनिधिको मिलोमतोमा गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार गाइको मासु सहित ५ जना पक्राउ परेको बताए । उनका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर निवासि ३६ बर्सिय अलिराज मिया, कलैया उपमाहनगरपालिका वडा नम्बर १० मटिअर्वा निवासि तैयब मिया, फेटा गाउपालिका वडा नम्बर ३ बस्ने हैदर अलि मिया र पोखरिया नगरपालिका वडा नम्बर ८ बस्ने असरदिन हवारीलाइ गाइको मासु सहित पक्राउ गरिएको जनाएका थिए । प्रहरी उपरीक्षक बोगटीले पक्राउ पर्नेहरूलाइ नियन्त्रणमा राखि अनुसन्धान गर्ने जनाएपनि पक्राउ गरेको केहि घन्टामै ५ जनै उन्मुक्ति पाएका थिए ।
प्रहरी उपरीक्षकको भनाइ मात्र भासण बाहेक कार्यन्वयन नभएको स्पस्ट बुझिन सकिन्छ । यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी समेतले केहि कारवाहि नै नगरि गाइको मासु तस्करलाइ उन्मुक्ति दिएको स्पष्ट बुझिन सकिन्छ ।
हिन्दुहरूले माता स्वरूप पुजा गर्दै आएका गाइको मासु तस्करी गर्ने गिरोह बढ्दै गएको सोमवारको कार्य प्रगतिले प्रष्ट पारेको छ । तर गाइको मासु तस्करी गर्ने गिरोहलाइ उन्मुक्ति दिन पशु क्वारेन्टाइनका पदाधिकारीले समेत कम सहयोग गरेको पाइएन । बाराको मटिअर्वा भन्सार भित्र रहेको पशु क्वारेन्टाइनका प्रमुख रामाधार प्रसाद साहले समेत गाइ मासु तस्कर समुहलाइ सहयोग पुर्याउदै उन्मुक्ति गर्न सहयोग पुर्याएको खुलेको छ । गाइ मासु प्रत्येक तस्कर धरौटी वापत ५ हजारदेखि २५ हजार धरौटी राखि रिहा गर्नुपर्ने प्रावधान हुदा हुदै मात्र ५ हजार धरौटीमा रिहा गरेको पाइन्छ ।
गाइको मासु तस्करी गर्ने गिरोह मात्र मुस्लिम समुदाय रहेको र मुस्लिम जनप्रतिनिधि नै दवाब र आर्थिक प्रलोभन देखाए पश्चात ५ जनालाइ नै रिहा गर्न पशु क्वारेन्टाइन मटिअर्वाका प्रमुख रामाधार प्रसाद साहले सहयोग पुर्याएको स्थानीयले आरोप लगाएका छन । स्थानीयका अनुसार रकमको प्रलोभनमा परि हिन्दुहरूले माता स्वरूप मानिने गाइको मासु तस्करी गर्ने गिरोहलाइ सहयोग पुर्याउने पशु क्वारेन्टाइनका प्रमुखलाइ कारवाहि गर्न मध्यक्षेत्रीय पशु क्वारेन्टाइनका प्रमुख सङ्ग अपिल गरेको स्थानीय बताउछन ।
नेपाली युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टरले बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम २०२२ अवार्ड प्राप्त गरेको छ ।

वीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज च्याप्टरले बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम २०२२ अवार्ड प्राप्त गरेको छ ।
देशभर रहेका १२ वटा च्याप्टरहरूमध्ये उद्यमशीलता विकासका लागि सबैभन्दा धेरै काम गर्दै वीरगञ्जमा नव उद्यमीहरूका लागि सकारात्मक वातावरण सृजना गरेकोमा एनवाइईएफ वीरगञ्ज च्याप्टर बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम अवार्डबाट सम्मानित भएको हो ।
काठमाडौँमा सम्पन्न मञ्च १९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा एनवाइईएफ वीरगञ्जको तर्फबाट उक्त अवार्ड निवर्तमान अध्यक्ष राकेश साहले ग्रहण गरेका थिए ।
अवार्ड ग्रहण गर्दै साहले सम्मानबाट च्याप्टरलाई थप ऊर्जाका साथ काम गर्ने हौसला प्राप्त भएको बताए । वीरगञ्ज मात्र नभई पर्सा जिल्लामै उद्यमशीलता विकास र नवीन सोचका साथ व्यवसाय गर्ने सोच राखेका युवाहरूलाई आफूहरूले गर्ने सहयोगलाई निरन्तरता दिने उनले बताए ।
अधिवेशनबाट सहारा जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
राजदेवी मन्दिरमा चोरी गर्ने सरिफ मुसलमान, रजाक मोहमद, रमेश महतो, नर्सुदिन साहलाई पक्राउ गरेका छन ।

मिति २०७९-११-१४ गते राति अं. १२ः१० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. वडा नं. १ रमदैया स्थित राजदेवी मन्दिरको ताला तोडी उक्त मन्दिरबाट देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर-सामानहरू अज्ञात व्यक्तिहरुको समुहले चोरी गरी भागी फरार भएको भन्ने खबर ऐ. १४ गते बिहान ०५;०० बजेको समयमा प्राप्त हुनासाथ उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर र जि.प्र.का. धनुषाबाट अनुसन्धान सहितको मुचुल्का टोली खटि गई मुचुल्का कार्य सम्पन्न पश्चात अनुसन्धानको क्रममा सोही मन्दिरमा जडान भएको सि.सि.टि.भि. फुटेज तथा भिडियोहरुको सुक्ष्म विश्लेषण गरी उक्त सि.सि. टि.भि. फुटेज तथा Human Intellegence को सहायताले चोरी कार्यमा संलग्न मानिसहरूको पहिचान गरी निजहरुको खोज तलास गर्ने क्रममा मिति २०७९/११/१९ गते वेलुका २१;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको बिशेष अनुसन्धान टोलीले जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ ठाडि स्थितबाट उक्त घटनामा संलग्न जि.धनुषा क्षिरेश्वर न.पा. वडा नं. ४ बस्ने बर्ष ३० को सरिफ मुसलमानलाई नियन्त्रणमा लिई तत्काल निजको सूचनाका आधारमा पूर्ण योजनावद्ध तवरले भारत तर्फ फरार हुन लागेको अवस्थामा धनुषा जनकनन्दनी गा.पा. वडा नं. ३ महुवा स्थित भारतीय सिमा नजिक रेल्वे ट्याकको बाटो हुँदै भारत तर्फ जाँदै गरेको अबस्थामा ऐ. २३;५० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वर न.पा. वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहमद, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ सुन्दरपुर बस्ने बर्ष २१ को मोहमद हबगुल्ला साह, जिल्ला धनुषा कमला न.पा. वडा नं. ७ हथमुन्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो, जिल्ला धनुषा विदेह न.पा. वडा नं. ४ बस्ने बर्ष २२ को नर्सुदिन साह समेतलाई मन्दिरबाट चोरी भएका निम्न सामानहरु सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१ समेत बरामद गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको साथै निजहरूको समूहले नै जनकपुर उप.म.न.पा. १२ कुवा स्थित हनुमान मन्दिरमा समेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको ।
बरामद भएका सामानहरू
१) उक्त घटनामा प्रयोग गरेका कटुवा पेस्तोल थाना -१ र ऐ. मा लाग्ने गोली थान-१,
२) नगद ने.रु. ११,५००,
३) मोवाइल थान १३ थान,
४) चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अं. २ के.जी (महुअवा स्थितबाट निजहरुको साथबाट )
५) मोहमद सरिफको घरबाट बरामद भएका सामानहरु (चरेशको थाल-७ थान, हम्मर थान-१, , कमण्डल थान-१, दविया थान-३, खुकुरी थान-१, , ह्याक्सो ब्लेड थान-१, पासपोर्ट थान-१, परीक्षा प्रबेश पत्र थान-१ )
६) तामाको मरअंकित बस्तु थाना-१, पित्तको कसौडी थान-१, पित्तलको सानो लोटा थान-१, पित्तलको गिलास थान-१, दियो थान-१, तामाको सानो सानो गिलासहरु, फलामको छेनी थान-२, ठुलो फलाको घन-१, सलाई रिन्च-१, फलाको चारपाटे बस्तु, खुकुरी थान-१, खन्ती थान-१

वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा भोली हुने महाआरतीमा सहभागि हुन भारतको काशी विश्वनाथका मूल पुजारी वीरगञ्ज आइपुग्नु भएको छ ।
वीरगञ्ज आइपुग्नु भएका काशी विश्वनाथका मूल पुजारी पण्डित डा.श्रीकान्त मिश्रलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वागत गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा वीरगञ्जमै पहिलो पटक पिपरा स्थित पशुपतिनाथ मन्दिरमा प्रवचन तथा महाआरती आयोजना गर्न लागेको हो ।
वीरगञ्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले काम अघि बढाएको हो ।
तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए । उनले भने, ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।’
काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । महानगर, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणतर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
लागतमध्ये ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत नेपाल विद्युत् प्राधिकरणले व्यहोर्नेछ । महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगन्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् । यी सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।
यसैगरी, प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तिनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेलवरिपरि बत्ती जडान हुनेछन् । यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आ–आफ्ना स्वामित्वमा भएका सौर्यबत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामान आफैँले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । यसपछिको मर्मत–सम्भार महानगरपालिकाले गर्नेछ । त्यसपछि सडकबत्ती प्रयोग भएबापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ ।

वीरगन्ज,१८ माघ :वीरगन्जको माइस्थान मन्दिर अगाडीको बाटोका बारेमा परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले महानगरपालिकाको पक्षमा आदेश दिएको छ ।
न्यायाधिसद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भण्डको इजलासले माइस्थान मन्दिर अघिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगन्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
नेता झाको बिहार भ्रमण ः आरजेडी पार्टी कार्यालयमा भव्य स्वागत, शीर्ष नेतृत्वसँग भेट

वीरगञ्ज, २९ भदौ । बिहार भ्रमणका क्रममा रहनुभएका नेपाली कांग्रेसका नेता कञ्चन झाले राष्ट्रिय जनता दल (आरजेडी) का बिहार अध्यक्ष जगदानन्द सिंह र राष्ट्रिय महासचिव अब्दुल बारी सिद्धिकीसँग भेटवार्ता गर्नुभएको छ । भारत बिहारका कृषिमन्त्री सुधाकर सिंहको निमन्त्रणामा २ दिने बिहार भ्रमणको क्रममा रहनुभएका वहाँले बुधबार साँझ पार्टी कार्यालयमै आरजेडीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको हो ।
भेटका क्रममा नेपाल–भारत सम्बन्धबारे खुलेरै चर्चा भएको नेता झाको सचिवालयका प्रमुख जय साहले बताउनुभयो । आरजेडी अध्यक्ष सिंहले अबका दिनमा दुबै देशका युवाहरूमार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ मुकाममा पु¥याउनुपर्ने आवश्यकता देखिएको बताउनुभएको थियो । दिवङ्गत समाजवादी नेता प्रदीप गिरीलाई स्मरण गर्दै वहाँले राजनीतिक–सामाजिक पथमा दृढ भएर अघि बढ्न पनि सुझाव दिनुभएको सचिवालय प्रमुख साहले जानकारी दिनुभयो ।
नेता झालाई पटनास्थित आरजेडी पार्टी कार्यालयमा भव्य स्वागत गरिएको थियो । सामाजिक सञ्जालको फेसबुकमा पोष्ट गर्दै वहाँले सम्मान, आतिथ्यता र सुझावका पार्टीका शीर्ष नेताहरु प्रति आभार प्रकट गर्नुभएको छ ।
नेता झा नेतृत्वमा रहेको टोलि २ दिने बिहार राज्य भ्रमणमा छ । यसअघि बुधबार बिहान वहाँले भारत बिहारका कृषिमन्त्री सुधाकर सिंहसँग भेटवार्ता गर्नुभएको थियो ।
अमेरिकी सेनाका प्रशान्त क्षेत्र प्रमुख जर्नेल चार्ल्स ए फ्लिनले आफ्नो पहिलो नेपाल भ्रमण सम्पन्न
यस अवसरमा वहाँले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र नेपाली सेनाका अन्य इकाईहरूमा मानवीय सहयोग, विपद् व्यवस्थापन तथा राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यका निम्ति गरिएको अमेरिकी सहयोगको अवलोकन गर्नुभयो। साथै वहाँले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी आपसी हितका क्षेत्रमा अमेरिका र नेपालबिचको सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल पनि गर्नुभयो।
photo credit :- Nepali army
