
मंगलबार सेयर बजारको परिसूचक नेप्से ७६.६४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१७७ अंकमा कायम भएको छ । कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो । २१५ कम्पनीको मूल्य बढ्यो भने एउटाको स्थिर रहृयो । यस दिन कुनै पनि कम्पनीको मूल्य घट्न पाएन ।
युथ्स अफ बिरगंज

काठमाडौं । टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार तीनसय नाघेको छ । सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट अन्य हजारौँ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीका अनुसार टर्कीमा अहिलेसम्म १५०० जनाको ज्यान गएको पुष्टि भएको छ । अन्य पाँच हजार ३०० जना घाइतेको भएको पुष्टि भएको छ ।
यसैगरी सिरियामा ८१० जनाको मृत्यु भएको पुष्टि भएको छ ।सिरियामा दुईहजार भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ ।
प्रदेश सांसद रह्बर अन्सारी मधेश प्रदेशको वन तथा पर्यटन राज्य मन्त्री बन्नु भएको छ ।

पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित मधेश प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारी मन्त्री बन्ने भएका छन् ।
मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य ९ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ । तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई बनाउने निर्णय भएको हो ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगन्जदेखि सुरु भएको हो ।
वीरगन्जकै सेरोफेरो र यहाँकै कथा वस्तुमा आधारित सिरिजलाई पर्साकै बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी बलिराम चौहानले निर्देशन गरीरहेका छन् ।
सिरिजको कथा पनि चौहानले नै लेखेका हुन् । साइको, सस्पेन्स र थ्रिलर सम्बन्धी कथा वस्तु सिरिजमा हेर्न सकिने निर्देशक चौहानले बताए ।
४ वर्षदेखि कथा फुरेपनि त्यही कथाको विषयवस्तुलाई बलियो र दर्शकले हेर्न लायक बनाउन मेहनत गर्नुपरेको स्मरण गर्दै चौहानले भने, ‘कथा लेखेर मात्रै नहुने रहेछ, धेरै कुराहरु मिल्नुपर्ने रहेछ । सुरुमा मैले यही कथालाई ‘चकलेट’ शीर्षक दिएको थिएँ, तर पछि धेरै कुराहरु काटछाँट गरेर कान्तिपुर फिल्म एकेडेमीसँग भेटेर छलफल गरेपछि कथाको छायांकनको काम सुरु गरेका छौँ ।’
लेखक र निर्देशक चौहानसँगै सिरिजमा मुख्य भूमिकामा देखिने कलाकार पनि वीरगन्जकै हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी १८ वर्षीय कुल श्रेष्ठ (कमल ओझा) मुख्य कलाकारको रुपमा देखिदैछन् । उनी वीरगञ्जकै ग्लोबल बिजनेस कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।
‘अभिनयमा रुची भएपनि अवसरको खोजीमा थिएँ, त्यही समयमा यति ठूलो सिरिजमा मुख्य भूमिकामा अभिनय गर्न पाउनु मेरो लागि पनि गर्वको कुरा हो’, श्रेष्ठले थपे, ‘यो मेरो ड्रिम रोल हो, निर्माण पक्षले म माथि गरेको विश्वासलाई जित्न र कथालाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’
श्रेष्ठसँगै गीत बिष्ट पनि प्रमुख भूमिकामा छिन् । आलिशा बास्तोला, शबी थापा, दिलिप नेपाल, सुमित्रा अधिकारी, कपिल रसाईली लगायतको अभिनय सिरिजमा देख्न सकिने कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले जानकारी दिए ।
बलिराम चौहानले फिल्म बनाउने भनेर कथा ल्याएपनि कान्तिपुर फिल्म एकेडेमीले फिल्मभन्दा पनि वेब सिरिज बनाउन उपयुक्त ठानेर सिरिजको छायांकन सुरु गरिएको उनले बताए ।
पछिल्लो समय चलचित्रभन्दा पनि वेब सिरिजप्रतिको आकर्षण बढ्दै गइरहेको बताउँदै उनी भन्छन्, ‘विश्व बजारमा पनि फिल्मभन्दा वेब सिरिजप्रतिको आकर्षण बढ्दै गएको छ, हाम्रै छिमेकी देश भारतका चर्चित कलाकारहरु फिल्मभन्दा पनि सिरिजमै बढी व्यस्त देखिन्छन् । त्यसकै परिणामस्वरुप नेपालमा पनि बिस्तारै सिरिजको माहोल बन्दै गइरहेको छ ।’
चलचित्र हलहरुमा पनि व्यापार नहुने र दर्शहरुलाई पनि हलसम्म पुग्न भन्दा नेटफ्लिक्स, एमेजोन लगायतका डिजिटल प्लेटफर्महरुमा हेर्न सहज हुने अवस्थालाई मध्यनजर गर्दै सिरिज बनाउन सुरु गरिएको पुरीको भनाई छ । पुरीका अनुसार २ हप्तासम्म वीरगञ्जमै छायांकन हुने सिरिज ६ एपिसोडसम्मको हुनेछ । आगामी बैशाखदेखि टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत यसलाई रिलिज गर्ने कान्तिपुर फिल्म एकेडेमीको योजना छ ।
निर्देशक बलिराम चौहानलाई सुदिप कुवँर र अनिता स्याङ्वो र बिशाल राईले सघाइरहेका छन् । सुदिप मुख्य सहायक निर्देशकको रुपमा यस सिरिजसँग जोडिएका छन् भने अनिता सहायक निर्देशकको रुपमा आवद्ध भएकी छिन् । सुदिपले यसअघि छक्कापञ्जा, नाई नभन्नु ल, प्रदेशी लगायतका चलचित्रहरुमा पनि सहायक निर्देशकको रुपमा काम गरीसकेका छन् भने अनिताले पनि ‘नाई नभन्नु ल ६’ मा सहायक निर्देशकको रुपमा काम गरेको अनुभव बटुलीसकेकी छिन् ।
टलकजंग भर्सेस टुल्के, ठूली, श्री लगायतका चलचित्रको छायांकन गरेका छायांकर शेर बहादुर तामाङ्ले सिरिजको छायांकन गरीरहेका छन् । छायांकनमा तामाङ्लाई बिनोद क्षेत्री, गणेश दुलाल, जेमिन राइ र अर्नब श्रेष्ठले सघाइरहेका छन् ।
विशेष गरी अभिनय, छायांकन, भिडियो इडिटींग लगायतका विषयमा अध्ययन एवम् अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीले यसअघि ‘म’ चलचित्र बनाएको छ । यसका साथै अन्य विभिन्न शर्ट मुभी र विभिन्न परियोजनामा वृत्तचित्रहरु समेत बनाइसकेको एकेडेमीले जनाएको छ ।

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् ।
मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताए ।
‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ बास्कोटाले भने ।
भीम रावल भन्छन् – इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्न, रविको जाँच गरौं

काठमाडौँ – नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन् । सोमबार बिहानै सामाजिक सन्जालमार्फत् नेता रावलले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने बताएका हुन् । ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ,’ उनले लेखेका छन्, ‘आलोचना सुन्छ। सत्य तथ्य -औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं।’
लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

मिति २०७९।१०।२२ गते अं.१२;०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई रोकी कानूनी रीत पुर्याई जाँच गर्दा निम्न नामथर वतनका व्यक्तिहरूले उल्लेखित नम्बरको गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को ३५८ बोत्तल फेला परेको हुँदा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा, उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको ।
निम्नः-
१.अभियुक्त:- अबु अयुव असरफ
उमेर:-२० वर्ष
वतन:- जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वा
बरामद लागु औषधः- Onrex ३५८ बोत्तल, ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा
२. अभियुक्तःईजहार आलम
उमेरः- २८ वर्ष
वतनः- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२ छप्कैया
बरामद लागु औषधः- Onrex ३५८ बोत्तल, ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा
वडाध्यक्ष चतुर्वेदीद्वारा श्रीसिया स्वास्थ्य चौकीलाई एक लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

श्रीसिया स्वास्थ्य चौकीलाई बिरगंज महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले आइतबार एक कार्यक्रमका बीच एक लाख मूल्य बराबर आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य चौकीलाई सृदृढ तथा व्यवस्थित ढंगले सञ्चालन गर्न उपकरण तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको वडाध्यक्ष चतुर्वेदीले जनाए । घाउ सफा गर्नका लागि ड्रेसिङ सेट, सामग्री राख्न ३ वटा टिनको बक्सा, उजुरी पेटिका, गेट पर्दा, कार्यालय प्रयोजनका लागि सामग्री ढुवानी गर्न साइकल, ३ वटा प्लाष्टिक टेबुल, हिटर, इन्डक्शन चुल्हो, ताल्चा लगायतका आवश्यक सामग्री स्वास्थ्य चौकी प्रमुख शत्रुघ्न यादवलाई हस्तान्तरण गरिएको वडाध्यक्ष आशुतोष चतुर्वेदीले जनाए ।

