मुख्य समाचार
प्रदेश सांसद रह्बर अन्सारी मधेश प्रदेशको वन तथा पर्यटन राज्य मन्त्री बन्नु भएको छ ।

पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित मधेश प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारी मन्त्री बन्ने भएका छन् ।
मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य ९ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ । तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई बनाउने निर्णय भएको हो ।

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् ।
मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताए ।
‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ बास्कोटाले भने ।
भीम रावल भन्छन् – इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्न, रविको जाँच गरौं

काठमाडौँ – नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन् । सोमबार बिहानै सामाजिक सन्जालमार्फत् नेता रावलले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने बताएका हुन् । ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ,’ उनले लेखेका छन्, ‘आलोचना सुन्छ। सत्य तथ्य -औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं।’
लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘मिडियाका १२ भाइले’ आफूलाई पासपोर्टमा फसाउन खोजिरहेको आरोप लगाएका छन्।
उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए।
लामिछानेले पत्रकार सम्मेलनको अधिकांश समय कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाललगायतको आलोचना गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।
आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
उक्त निर्णयपछि आज नै राजीनामा बुझाउने रास्वपाका सभापति रवि लामिछानेले बताए।
रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए।
उनीहरूले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिन लागेका हुन्।

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
आज रास्वपाको केन्द्रीय समितको निर्णायक बैठक बस्न लागेको छ । बैठकले सरकारमा रहने या बाहिरिने विषयमा निर्णय गर्ने बताइएको छ ।
गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिएको थियो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो।
पार्टीको बैठकपछि स्वयम लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सिधाकुरा नगरेको लामो समय भएको भन्दै आज विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
गृह मन्त्रालयमा दाबी गरेको रास्वपालाई सत्ता साझेदार दलले अन्य मन्त्रालय दिने तयारी गरेसँगै आजको बैठकले ठोस निर्णय गर्ने तयारी गरेको छ ।
काठमाडौ :- बागलुङ नगर पालिका बडा न. १ कि “सीता खड्का” ले शनिबार राति खुसीका साथ आफ्ना कान्छा छोरा र बुहारी लाई त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाका लागि बिदाइ गरिन्।
आइतबार बिहान सोही विमानस्थल बाट यती एयर लाइन्समा घर फर्कंदै गरेकी खड्का भने घर पुग्न पाइनन्। आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा उनको पनि निधन भयो।
छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा ढुबेको छ।छोरा र बुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए।
विवाहका लागि डेढ महिनाको बिदा लिएर नेपाल आएका खड्काका कान्छा छोरा आशिष खड्का र अन्सु खड्काले मंसिर २२ गते विवाह गरेका थिए।
छोरा र बुहारीलाई शनिबार राति ११ बजे कर्मथलो अस्ट्रेलियाका लागि बिदाइ गरेकी खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले काटिदिएको टिकटमा विमानबाट पोखरा जाँदै थिइन्।
आमाको मृ त्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए। ‘माइजू भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो, लामिछानेले भने, उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन्। यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुखी बनाएको छ।

वीरगञ्ज, २८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयो गर्ने उद्घोष गरेका छन् ।
स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उद्घोष गरेका हुन् ।
सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन् । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उनले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताए । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गरेका छन् ।
पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अँझै बढाउन पनि उनले सुझाव दिएका छन् ।
सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियानताको रुपमा विभिन्नि किसिमका सामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उनको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताए ।
