
रौतहट । यातायात ब्यवस्था कार्यालय गौरले अहिलेे ब्रहम लुट मचाएका छन्।यातायात ब्यवस्था कार्यालय गौरमा बिना घुस कुनै कार्य नहुने सेवाग्राहीहरु बताउँछन् ।
पछिल्लो समयमा बिरगंज यातायात कार्यालयमा घुसखोरी गरि ब्रहम लुट मचाएका यातायात ब्यवस्थाका सहायक अधिकृत रंजित साहलाई स्थानीयहरुले कालोमोसो दलेका थिए। भ्रष्टै भ्रष्टले भरिएको सहायक अधिकृत साह कालोमोसो दले पनि आफ्नो चालचलन सुधार नगरेको सेवाग्राहीहरुले बताए ।
सहायक अधिकृत साह अहिले गौर यातायात कार्लयममा सेवाग्रही संग खुलेआम घुस मागी रहेको भिडियो बाहिरीएको छ । सहायक अधिकृत साह यातायात ब्यवस्था कार्यालय गौरमा आफ्नै कार्यकक्षमा सवारी दर्ता नविकरण प्रमाण पत्रका लागि ५ सय रुपैयाँ दिनुस बिना इन्स्योरेन्सको नविकरण हुने छ। सहायक अधिकृत साहले भने भोला नाम गरेका ब्यक्ति लाई ५ सय रुपैया दिनुस पछि सब काम हुनेछन्। उनले भने तपाईं थर्डपार्टी इन्स्योरेन्स गराउँदा १७ सय रुपैयाँ जति लाग्ने छ। त्यसको कुनै भ्यालु छैन्। तपाईं ५ सय दिनु अनि नविकरण गराउनुस्।
यातायात व्यवस्था कार्यालय गौरमा सहायक अधिकृत साह अहिले घुसखोरीलाई चरम सिमामा पुर्याएका छन । नेपाल सरकारले सवारी दर्ता नविकरणमा अनिवार्य इन्स्योरेन्स गराउँनु पर्ने कानुन भएपनि सहायक अधिकृत साह कानुन मिचेर ५ सय देखि ७ सय रुपैयाँ लिई धमाधम सवारी दर्ता नविकरण गरिरहेको भिडियो बाहिरीएको हो। यसका लागि उनले हरेक सेवाग्राही संग ५०० देखि ७०० का दर ले घुस लिईरहेको भिडियो बाहिरीएको छ ।
सेवाग्राहीले सवारी दर्ता नविकरण गराउन जाँदा इन्स्योरेन्स बिना नै नविकरण हुने तपाईं बाहिरको भोला नाम गरेको ब्यक्ति हो वहाँ संग भेट्नुस सब सम्झाई दिन्छ भिडियोमा प्रस्ट बोलेकाछन्। यस अघि बिरगंज यातायात व्यवस्था कार्यालयमा कार्यरत रहदा सहायक अधिकृत साहलाई सेवाग्राहीले कालोमोसो दलेका थिए। भने अहिले यातायात ब्यवस्था कार्यालय गौरमा सरुवा भई आउँदा सहायक अधिकृत साहले बिरगंजकै रवैया अपनाई घुसखोरीलाई चरम सिमामा पुर्याएको सेवाग्राहीहरुले बताउँछन्। भने अन्य यातायात कार्यालयमा नभएको कार्य अहिले यातायात ब्यवस्था कार्यालय गौरमा भईरहेको कारणले अहिले सबैको रोजाइमा यातायात व्यवस्था कार्यालय गौर रहेको हो।
सो यातायात कार्यालय गौरमा भ्रष्टाचार चरणसिमा पुग्दा पनि मधेस प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय गौर, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय माथि प्रशन चिन्ह खाडा भएको हो।
श्रौत :- मधेशपाटी.कम

जिल्ला प्रहरी कार्यालय बाराले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मितिमा नक्कली नोटको कारोबार गर्दै गरेको अवस्थामा ६१ हजार नक्कली नोट सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो । पक्राउ गरिएको ५ जना माथी अवाश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

सर्लाहीको मलंगवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मलंगवा नगरपालिका–१० गम्हरियास्थित चमेलीमाई मन्दिर नजिक सोमबार राति दुर्घटना भएको हो।


