मधेश प्रदेश
घरमा चोरी गर्ने फैयाज आलम पक्राउ
वीरगन्ज, मिति २०८९।१०/०७ गते दिउसो १३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने वर्ष ५५ को कपिल प्रसाद रौनियारले कामको सिलसिलामा काठमाण्डौ गएको हुँदा निजको घरमा कोही नभएको मौका छोपी निजको दुई तल्लेघरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा रहेको नगद रू.१,००,०००।– ( एक लाख ) तथा गरगहना, अन्य सामानहरू ११,१०,०००।– ( एघार लाख दश हजार ) गरी जम्मा रू.१२,१०,०००।– ( बाह्र लाख दश हजार ) बराबरको धनमालहरू चोरी भएको भन्ने समेत व्यहोराको सूचना प्राप्त हुनासाथ यस कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्र.नि.डिल्लीराज सापकोटाको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरी खोज तलासको क्रममा मिति २०७९।१०।२३ गते अं.१५;०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित सडकखण्डबाट भारत विहार जिल्ला सितामढी वडा नं.६ सुगौली घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ मा डेराकोठा लिइ बस्ने वर्ष २० को राजु आलम भन्ने फैयाज आलमलाई नियन्त्रणमा लिइ प्रारम्भिक सोधपुछ गर्दा उक्त घरमा निजले चोरी गरेको भन्ने खुल्न बुझिन आएको हुँदा निजको डेराकोठा रीतपुर्वक खानतलासी गर्दा चोरी भएको दशीको सामान LED थान-२ र क्यामेरा थान-१ अन्य गरगहनाहरू फेला पारी बरामद गरी निज राजु आलम भन्ने फैयाज आलमलाई यस कार्यालयमा ल्याइ निज विरुद्द चोरी सम्बन्धी कसूरमा मिति २०७९।१०।२४ गते दिन-५ ( पाँच ) म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान भैरहेको ।
नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ प्रस्ताव गर्ने विरगन्जको नितेश गुप्ता पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पर्सा, वीरगन्जबाट एक जनालाई पक्राउ गरेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
पक्राउ पर्ने नितेश गुप्ता हुन्। एसएसपी आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए। गुप्ताको भूमिकामाथि थप अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए।
उनले आरिफ शेखलाई स्पट फिक्सिङ गर्न प्रस्ताव राखेका हुन्। शेखले भने उक्त प्रस्तावलाई एन्टी करप्सन युनिट र नेपाल क्रिकेट संघ (क्यान) लाई रिपोर्ट गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्।
फिक्सिङको प्रस्ताव आएपछि उक्त प्रस्तावलाई अस्वीकार गरी युनिट र क्यानलाई जानकारी गराउनुपर्ने नियम छ ।
प्रदेश सांसद रह्बर अन्सारी मधेश प्रदेशको वन तथा पर्यटन राज्य मन्त्री बन्नु भएको छ ।

पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित मधेश प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारी मन्त्री बन्ने भएका छन् ।
मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य ९ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ । तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई बनाउने निर्णय भएको हो ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगन्जदेखि सुरु भएको हो ।
वीरगन्जकै सेरोफेरो र यहाँकै कथा वस्तुमा आधारित सिरिजलाई पर्साकै बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी बलिराम चौहानले निर्देशन गरीरहेका छन् ।
सिरिजको कथा पनि चौहानले नै लेखेका हुन् । साइको, सस्पेन्स र थ्रिलर सम्बन्धी कथा वस्तु सिरिजमा हेर्न सकिने निर्देशक चौहानले बताए ।
४ वर्षदेखि कथा फुरेपनि त्यही कथाको विषयवस्तुलाई बलियो र दर्शकले हेर्न लायक बनाउन मेहनत गर्नुपरेको स्मरण गर्दै चौहानले भने, ‘कथा लेखेर मात्रै नहुने रहेछ, धेरै कुराहरु मिल्नुपर्ने रहेछ । सुरुमा मैले यही कथालाई ‘चकलेट’ शीर्षक दिएको थिएँ, तर पछि धेरै कुराहरु काटछाँट गरेर कान्तिपुर फिल्म एकेडेमीसँग भेटेर छलफल गरेपछि कथाको छायांकनको काम सुरु गरेका छौँ ।’
लेखक र निर्देशक चौहानसँगै सिरिजमा मुख्य भूमिकामा देखिने कलाकार पनि वीरगन्जकै हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी १८ वर्षीय कुल श्रेष्ठ (कमल ओझा) मुख्य कलाकारको रुपमा देखिदैछन् । उनी वीरगञ्जकै ग्लोबल बिजनेस कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।
‘अभिनयमा रुची भएपनि अवसरको खोजीमा थिएँ, त्यही समयमा यति ठूलो सिरिजमा मुख्य भूमिकामा अभिनय गर्न पाउनु मेरो लागि पनि गर्वको कुरा हो’, श्रेष्ठले थपे, ‘यो मेरो ड्रिम रोल हो, निर्माण पक्षले म माथि गरेको विश्वासलाई जित्न र कथालाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’
श्रेष्ठसँगै गीत बिष्ट पनि प्रमुख भूमिकामा छिन् । आलिशा बास्तोला, शबी थापा, दिलिप नेपाल, सुमित्रा अधिकारी, कपिल रसाईली लगायतको अभिनय सिरिजमा देख्न सकिने कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले जानकारी दिए ।
बलिराम चौहानले फिल्म बनाउने भनेर कथा ल्याएपनि कान्तिपुर फिल्म एकेडेमीले फिल्मभन्दा पनि वेब सिरिज बनाउन उपयुक्त ठानेर सिरिजको छायांकन सुरु गरिएको उनले बताए ।
पछिल्लो समय चलचित्रभन्दा पनि वेब सिरिजप्रतिको आकर्षण बढ्दै गइरहेको बताउँदै उनी भन्छन्, ‘विश्व बजारमा पनि फिल्मभन्दा वेब सिरिजप्रतिको आकर्षण बढ्दै गएको छ, हाम्रै छिमेकी देश भारतका चर्चित कलाकारहरु फिल्मभन्दा पनि सिरिजमै बढी व्यस्त देखिन्छन् । त्यसकै परिणामस्वरुप नेपालमा पनि बिस्तारै सिरिजको माहोल बन्दै गइरहेको छ ।’
चलचित्र हलहरुमा पनि व्यापार नहुने र दर्शहरुलाई पनि हलसम्म पुग्न भन्दा नेटफ्लिक्स, एमेजोन लगायतका डिजिटल प्लेटफर्महरुमा हेर्न सहज हुने अवस्थालाई मध्यनजर गर्दै सिरिज बनाउन सुरु गरिएको पुरीको भनाई छ । पुरीका अनुसार २ हप्तासम्म वीरगञ्जमै छायांकन हुने सिरिज ६ एपिसोडसम्मको हुनेछ । आगामी बैशाखदेखि टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत यसलाई रिलिज गर्ने कान्तिपुर फिल्म एकेडेमीको योजना छ ।
निर्देशक बलिराम चौहानलाई सुदिप कुवँर र अनिता स्याङ्वो र बिशाल राईले सघाइरहेका छन् । सुदिप मुख्य सहायक निर्देशकको रुपमा यस सिरिजसँग जोडिएका छन् भने अनिता सहायक निर्देशकको रुपमा आवद्ध भएकी छिन् । सुदिपले यसअघि छक्कापञ्जा, नाई नभन्नु ल, प्रदेशी लगायतका चलचित्रहरुमा पनि सहायक निर्देशकको रुपमा काम गरीसकेका छन् भने अनिताले पनि ‘नाई नभन्नु ल ६’ मा सहायक निर्देशकको रुपमा काम गरेको अनुभव बटुलीसकेकी छिन् ।
टलकजंग भर्सेस टुल्के, ठूली, श्री लगायतका चलचित्रको छायांकन गरेका छायांकर शेर बहादुर तामाङ्ले सिरिजको छायांकन गरीरहेका छन् । छायांकनमा तामाङ्लाई बिनोद क्षेत्री, गणेश दुलाल, जेमिन राइ र अर्नब श्रेष्ठले सघाइरहेका छन् ।
विशेष गरी अभिनय, छायांकन, भिडियो इडिटींग लगायतका विषयमा अध्ययन एवम् अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीले यसअघि ‘म’ चलचित्र बनाएको छ । यसका साथै अन्य विभिन्न शर्ट मुभी र विभिन्न परियोजनामा वृत्तचित्रहरु समेत बनाइसकेको एकेडेमीले जनाएको छ ।

मिति २०७९।१०।२२ गते अं.१२;०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई रोकी कानूनी रीत पुर्याई जाँच गर्दा निम्न नामथर वतनका व्यक्तिहरूले उल्लेखित नम्बरको गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को ३५८ बोत्तल फेला परेको हुँदा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा, उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको ।
निम्नः-
१.अभियुक्त:- अबु अयुव असरफ
उमेर:-२० वर्ष
वतन:- जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वा
बरामद लागु औषधः- Onrex ३५८ बोत्तल, ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा
२. अभियुक्तःईजहार आलम
उमेरः- २८ वर्ष
वतनः- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२ छप्कैया
बरामद लागु औषधः- Onrex ३५८ बोत्तल, ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा
वडाध्यक्ष चतुर्वेदीद्वारा श्रीसिया स्वास्थ्य चौकीलाई एक लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

श्रीसिया स्वास्थ्य चौकीलाई बिरगंज महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले आइतबार एक कार्यक्रमका बीच एक लाख मूल्य बराबर आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य चौकीलाई सृदृढ तथा व्यवस्थित ढंगले सञ्चालन गर्न उपकरण तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको वडाध्यक्ष चतुर्वेदीले जनाए । घाउ सफा गर्नका लागि ड्रेसिङ सेट, सामग्री राख्न ३ वटा टिनको बक्सा, उजुरी पेटिका, गेट पर्दा, कार्यालय प्रयोजनका लागि सामग्री ढुवानी गर्न साइकल, ३ वटा प्लाष्टिक टेबुल, हिटर, इन्डक्शन चुल्हो, ताल्चा लगायतका आवश्यक सामग्री स्वास्थ्य चौकी प्रमुख शत्रुघ्न यादवलाई हस्तान्तरण गरिएको वडाध्यक्ष आशुतोष चतुर्वेदीले जनाए ।

वीरगन्ज,१८ माघ :वीरगन्जको माइस्थान मन्दिर अगाडीको बाटोका बारेमा परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले महानगरपालिकाको पक्षमा आदेश दिएको छ ।
न्यायाधिसद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भण्डको इजलासले माइस्थान मन्दिर अघिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगन्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
राप्रपाले पायो तीन मन्त्रालय, लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ ।
राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

२ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाएको छ । यही अवस्थामा सरकारमा नजाने उसको अडान छ ।
सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले जसपालाई २ वटा मन्त्रालय लिन आग्रह गरेका थिए ।
भागवण्डाको विषयमा जसपाको असहमति छ । यही हालतमा सरकारमा जान अस्वीकार गरेको छ ।’
जसपा अध्यक्ष यादव प्रस्तावित मन्त्रीको संख्या र मन्त्रालयमा सन्तुष्ट छैनन् । साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राजनीतिक नियुक्तिबारे समेत प्याकेजमा सहमति हुनुपर्ने उनको अडान छ । स्रोतका अनुसार जसपाले उपराष्ट्रपति लिन चाहेको छ, जुन दिन माओवादी तयार छैन ।
