वीरगन्ज,२६माघ:एम.एस. धोनी फ्यान क्लब,वीरगन्जमा जारी टि-१५ च्यारिटी क्रिकेटको फाइनलमा प्रवेश गरेकाे छ।
आदर्शनगर रंगशालामा शुक्रबार भएकाे खेलमा सान्भी फाउन्डेसन नेपाललाई ३२ रनको अन्तरले पराजित गर्दै धाेनी फ्यान क्लबले फाइनलमा स्थान पक्का गरेकाे हाे।
१०६ रनकाे लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सान्भी फाउन्डेसन १२ ओभरमा अलआउट हुदैं ७३ रनमै समेटिएपछि धाेनी फ्यान क्लब फाइनलमा पुगेकाे हाे।
यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको धोनी फ्यान क्लबले १४.५ ओभरमा ८ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो।
शनिबार उपाधिका लागि हुने फाइनल खेलमा धोनी फ्यान क्लबले स्प्रिट क्लब वीरगन्जकाे सामना गर्नेछ ।


जिल्ला प्रहरी कार्यालय बाराले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मितिमा नक्कली नोटको कारोबार गर्दै गरेको अवस्थामा ६१ हजार नक्कली नोट सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो । पक्राउ गरिएको ५ जना माथी अवाश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

सर्लाहीको मलंगवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मलंगवा नगरपालिका–१० गम्हरियास्थित चमेलीमाई मन्दिर नजिक सोमबार राति दुर्घटना भएको हो।


