
प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुहुँदै खेल क्षेत्रको विकासका लागि महानगर सहयोग गर्न सदैब तयार रहेको बताउनुभयो । उहाँले वीरगञ्जको पहिचान देशभर र विदेशमा समेत फैलाउने गरी आफ्नो प्रदर्शन देखाउन खेलाडीहरुलाई आग्रह पनि गर्नुभयो ।
९ गते सम्म चल्ने प्रतियोगितामा वीरगञ्जका विभिन्न ८ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड क्लब विजयी भएको छ ।
नेशनल इन्फोटेकलाई ४ विकेटले पराजित गर्दै युनाइटेडले विजयी सुरुवात गरेको हो ।
टस जितेर व्याटिङ गरेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय रनमै समेटिन पुग्यो । १०१ रनको लक्ष्यका साथ मैदान उत्रिएको युनाइटेड १७ ओभर ३ बल खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
युनाइटेडको जितमा सुरज पटेलले ३९ रनको योगदान दिए भने सन्तोष कार्कीले २४ रन जोडेका थिए ।
यस्तै आजै भएको दोस्रो खेलमा किन्लिस स्पोर्टस विजयी भएको छ ।
वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले पराजित गर्दै किन्लिसले विजयी यात्रा तय गरेको हो ।
टस जितेर व्याटिङ थालेको वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टर १२ ओभर ३ बल खेल्दै ५२ रन बनाएर अलआउट हुन पुग्यो । ५३ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको किन्लिसले ११ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चन्दन रामले लिएको ४ विकेट किन्लिसका लागि जित तय गर्ने बाटो खुल्यो ।
प्रतियोगिता अन्तर्गत भोली पनि २ खेल हुने आयोजक पर्सा क्रिकेट संघका अध्यक्ष मुर्तुजा अहमदले जानकारी दिए ।
खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछानेले रोहित पौडेलकै कप्तानीमा खेल्ने सुनिश्चित गरेका छन् ।
‘म क्रिकेटको भाषा बुझ्छु र मसँग क्रिकेटको भाषाको राम्रो दख्खल छ । म आएदेखि सबै कुरा प्रक्रियागत भएको छ । उनी प्रक्रियागत तरिकाले टिममा आएका छन् । मैले सबै गतिविधि नियालिरहेको छ । र सन्दीप लामिछाने टिम हुनेछन् । खेलाडीहरूले लामिछानेलाई बन्द प्रशिक्षणमा स्वागत गरेका छन् । साथै टिममा गर्नुपर्ने काम उनले राम्ररी गरिरहेका छन्,’ देसाईले दाबी गरे ।
मुख्य प्रशिक्षक देसाईले लामिछानेमाथि लागेको बलात्कार आरोप तथा नेपाल टी-ट्वान्टी लिगमा भएको स्पट फिक्सिङले टिममा कुनै प्रभाव नपार्ने बताए ।‘ड्रेसिङ रूममा राम्रो वातावरण बनाउने मेरो उदेश्य छ । अहिलेको समय भनेको टिमका सबै एकजुट हुने हो । पछिल्ला कुराहरूले टिमको प्रदर्शनमा प्रभाव पार्ने छैन,’ देसाईले थपे ।
नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ प्रस्ताव गर्ने विरगन्जको नितेश गुप्ता पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पर्सा, वीरगन्जबाट एक जनालाई पक्राउ गरेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
पक्राउ पर्ने नितेश गुप्ता हुन्। एसएसपी आचार्यका अनुसार उनले स्पट फिक्सिङका लागि प्रस्ताव राखेका थिए। गुप्ताको भूमिकामाथि थप अनुसन्धान भइरहेको एसएसपी आचार्यले बताए।
उनले आरिफ शेखलाई स्पट फिक्सिङ गर्न प्रस्ताव राखेका हुन्। शेखले भने उक्त प्रस्तावलाई एन्टी करप्सन युनिट र नेपाल क्रिकेट संघ (क्यान) लाई रिपोर्ट गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्।
फिक्सिङको प्रस्ताव आएपछि उक्त प्रस्तावलाई अस्वीकार गरी युनिट र क्यानलाई जानकारी गराउनुपर्ने नियम छ ।
राप्रपाले पायो तीन मन्त्रालय, लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ ।
राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

काठमाडौं – युवा आक्रामक ब्याटिङ अलराउन्डर सिद्धान्त लोहनीले आफ्नो दिमागमा छक्का हान्ने मात्रै हुने बताएका छन् । पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिगमा राम्रो प्रदर्शन गर्दै नेपाली क्रिकेट टोलीमा पूनरागमनको सम्भावना देखाएका सिद्धान्तले उक्त प्रतिक्रिया लिएका हुन् ।
‘मैले आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट दिनहरु रमाईलो गर्दैछु । खाली दिमागमा म केहि राख्दिन । मेरो दिमागमा छक्का हान्ने मात्रै हुन्छ । म केहि सोच्दिन । यो प्रतियोगितामा सर्वाधिक छक्का हान्छु भनेर आएको छु । त्यो नै निरन्तरता गरि रहेको छु’, उनले आफ्नो लक्ष्य सुनाए ।

२४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टीसुट आउटमा ४-२ ले पराजित हुँदै बाहिरिएको थियो । विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक टिटेले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

२० मंसिर, वीरगञ्ज । वीरगंज महानगरपालिकाले करिव एकसय जना दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मंगलबार देखि हटाएको छ । कार्यालय पुगेर हाजीरीको लागि लाइनमा बसेका दैनिक ज्यालादारीका ९७ जना कर्मचारीलाई हाजीरी नगर्नु भनि उनीहरुलाई कामबाट हटाएको महानगरपालिका स्रोतले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाले निर्वाचनको मुखमा गत भदौ, असोज र कार्तिकमा गरी झण्डै पाँच सय जनालाई दैनिक ज्यालादारीमा नियुक्ती दिएको थियो । चुनावमा आफ्ना उमेदवारलाई जिताउन सहयोग पुग्ने उदेश्ले मेयर राजेशमान सिंहले गैर कानुनी रुपमा दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरेका थिए । चुनावको प्रयोजन सकिएपछि दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई हटाउने क्रम शुरु भएको हो ।
एकै चरणमा हटाउँदा अप्ठेरोमा पर्ने डरले पटक पटक गरी कर्मचारी हटाउने योजनामा महानगरपालिका प्रमुख राजेशमान सिंह रहेको बुझिएको छ । प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल घर विदामा भएकोले सूचना टास्न नसकिएको एक कर्मचारीले बताए । उनका अनुसार प्रमुख प्रशासकिय अधिकृत आएपछि सवै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी हटाएर आवश्यकता अनुसार विज्ञापन गरी लिने तयारीमा प्रमुख प्रशासकिय अधिकृत रहेको स्रोतले जनाएको छ ।
तर मेयर राजेशमान सिंहले भने केही आफ्ना कार्यकर्तालाई नहटाउने पक्षमा रहेको बुझिएकोछ । पहिलो चरणमा वीरगञ्ज महानगरपालिका भित्र हाजीर गर्दैै आएका दैनिक ज्यालादारीका मध्ये केहीलाई हटाइएको छ । वडा कार्यालयमा हाजीर गर्नेहरुलाई पहिलो चरणमा नहटाइएको महानगरपालिकाले जनाएको छ । उनीहरुलाई पनि मंसिर मसान्त सम्म हटाउने लिष्टमा राखिएको स्रोतले जनाएको छ ।
श्रौत ः- रेस ख़बर
नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै सानदार सुरुवात गरेको छ ।
नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।
ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। त्यसबाहेक जितिन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोडे ।
नेपालका लागि कमलसिंह ऐरीले तीन तथा सन्दीप लामिछानेर दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । त्यसबाहेक जितेन्द्र मुखिया र अविनाश बोहराले १-१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनायो ।
नेपालका लागि आरिफ सेखले सर्वाधिक ३८ रन बनाए । ३७ बल खेलेका उनले २ चौका प्रहार गरे ।
यस्तै कप्तान सन्दीप लामिछानेले अन्तिममा ७ बलमा एक चौका र एक छक्कासहित १६ रनको नटआउट पारी खेले |त्यसबाहेक नेपालका लोकश बम १६, ज्ञानेन्द्र मल्ल १५, कुशल भुर्तेल ५, आसिफ सेख ४, दीपेन्द्रसिंह ऐरी ११, विवेक यादवले ७ र कमलसिंह ऐरी १ रनमै आउट भए ।
West Indies cricketer Oshane Thomas escapes serious injury after motor accident
West Indies fast bowler Oshane Thomas has escaped serious injury after being involved in a motor accident in Jamaica late Sunday.
According to a statement by West Indies Players’ Association, he was involved in a two-vehicle collision and was taken to a hospital. Jamaica Observer quoted Thomas’ agent, Mark Neita, saying he was “at home resting” after he was discharged following treatment and scans.
“The West Indies Players’ Association (WIPA) extends best wishes to West Indies and Jamaica fast-bowler Oshane Thomas who was involved in a motor vehicle accident on Sunday, February 16 in Jamaica,” an official statement said.
“Thomas was reportedly involved in a two-vehicle collision on Highway 2000 near Old Harbour in St. Catherine and was taken to hospital. WIPA’s executive and staff would like to extend our sympathies to Oshane. We wish for him a speedy and full recovery.”
Thomas, who turned 23 on Tuesday and last played for West Indies in an ODI against Ireland last month, was left out of the squad for the tour of Sri Lanka. He has played 20 ODIs and 10 T20Is, picking up 27 and nine wickets respectively in the formats.
source :- EspnCricinfo