
वीरगञ्ज महानगरपालिकाद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिको नेतृत्वमा गएको अनुगमन टोलीले स्वीकृति बिना संचालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो ।
टोलीले चित्रांस पोली हेल्थ क्लिनिक, त्यसै अन्तर्गत रहेको प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बेगर नै संचालन गरेको भेटेपछि सिलबन्दी गरेको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिनुभयो ।
तीन वटै स्वास्थ्य संस्था स्वीकृति बेगर संचालन हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको भेटिएको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाले गएको एक सातादेखि वीरगञ्जमा संचालित प्याथोलोजी तथा क्लिनिकहरुको अनुगमनलाई तिब्र पारेको छ ।
अनुगमनमा जाँदा स्वीकृति नै नलिई संचालनमा रहेको भेटिएकालाई बुधबारबाट भने सिलबन्दी गर्न सुरु गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिनुभयो ।
बुधबार जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र प्रहरीको रोहबरमा लाहाछाप लगाएर तीनै वटा संस्थामा सिल गरिएको हो ।
टोलीले अनुगमनका क्रममा तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगञ्ज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरित संचालनमा रहेको भेटिएकाले उनीहरुलाई तत्काल बन्द गर्न र मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न चेतावनी दिइएको स्वास्थ्य शाखा प्रमुख जयसवालले जानकारी दिनुभयो ।
यस अघि महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था संचालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले आज बाट भने बारबाहीलाई कडाई पारिएको उहाँले बताउनुभयो ।
अनुगमनमा टोली पुगेको जानकारी पाए पछि अनुमति बेगर संचालनमा रहेका कतिपय क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसल संचालकहरु सटर बन्द गरेर फरार भएको भेटिएको पनि समिति सदस्य महतोले बताउनुभयो ।
महानगरले अनुगमनलाई निरन्तरता दिने भएकाले भागेर समाधान नहुने भन्दै प्रकृया पुर्याएर संचालन गर्न पनि सबैलाई उहाँले आग्रह गर्नुभयो ।
नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि महानगर महानगरप्रमुख राजेशमान सिंहको निर्देशनमा समितिले त्यसलाई नियन्त्रण गर्न अनुगमनलाई तिब्रता दिएको हो ।
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्य संस्थाहरुबाटै लापरवाही हुनु गम्भिर भएकाले महानगरले अनुगमनलाई तिब्रता दिँदै कारबाहीलाई पनि कडाई गर्न लागेको हो ।
अनुगमन टोलीमा समितिका सदस्य जयप्रकाश महतो, स्वास्थ्य शाखा प्रमुख रितेश जयसवाल, नर्सिङ् अधिकृत इन्दिरा लोहनी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।
युथ्स अफ बिरगंज

बीरगन्ज । पटकपटक बाटोमा फोहोर फ्याकेकोले एन आइ सी एशिया बैकलाई बीरगन्ज शाखालाई बीरगन्ज महानगर पालिकाले ११ हजार जरिवाना गरेको छ । महानगर पालिकाले पहिलो पटक चेतावनी र दोश्रो पटक ५ हजार जरिवाना यस अधि एन आई सी बैकलाई गरिसकेको छ ।अनुगमनको क्रममा सरसफाइ को गाडीमा फोहोर नदिएर बाटोमा फोहोर फ्याकेको भेटिएपछि ११ हजार जरिवाना गरिएको सरसफाइ अधिकृत सर्फुदिन मियाँ ले जानकारी दिनु भएको छ । बैक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फ्यालिएको भेटिएमा २५ हजार देखि २ लाख जरिवाना गरिने सरसफाइ पार्किङ संयोजक प्रकाश खेतान ले बताए । बीरगन्ज महानगर पालिकाले सरसफाइ मा प्राथमिकता मा राखी अभियाननै चलाएको खेतानले बताए । ५ सय रुपैया बाट सुरु गरेको जरिवाना १ हजार , ५ हजार सम्म गर्दै आएको छ । ११ हजार जरिवाना गरेको यो पहिलो हो ।

बालाजुको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले चार जना आरोपितलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।
बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो।
दैलेख घर भई काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही खैरेनी घर भई काठमाडौं-२२ बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूबाट एउटा डिजिटल घडी, चार्जर, दुइटा एयरफोन, मोबाइल दुइटा, चार हजारको मोबाइल फोन लगायत बरामद गरेको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको छ।
Via:-setopati

वीरगन्ज, ३ फागुन : वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित चिनीमिल आवासक्षेत्र भित्रको पशुपति मन्दिरमा शिवरात्रीको दिन शनिबार मेला लाग्ने भएको छ ।स्थानीयवासीको भेलाले पिपराको पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीका दिन शनिबार आरती, कुश्ती र सांस्कृतिक कार्यक्रम सहित मेला लगाउनने गरेको हो ।

प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुहुँदै खेल क्षेत्रको विकासका लागि महानगर सहयोग गर्न सदैब तयार रहेको बताउनुभयो । उहाँले वीरगञ्जको पहिचान देशभर र विदेशमा समेत फैलाउने गरी आफ्नो प्रदर्शन देखाउन खेलाडीहरुलाई आग्रह पनि गर्नुभयो ।
९ गते सम्म चल्ने प्रतियोगितामा वीरगञ्जका विभिन्न ८ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड क्लब विजयी भएको छ ।
नेशनल इन्फोटेकलाई ४ विकेटले पराजित गर्दै युनाइटेडले विजयी सुरुवात गरेको हो ।
टस जितेर व्याटिङ गरेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय रनमै समेटिन पुग्यो । १०१ रनको लक्ष्यका साथ मैदान उत्रिएको युनाइटेड १७ ओभर ३ बल खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
युनाइटेडको जितमा सुरज पटेलले ३९ रनको योगदान दिए भने सन्तोष कार्कीले २४ रन जोडेका थिए ।
यस्तै आजै भएको दोस्रो खेलमा किन्लिस स्पोर्टस विजयी भएको छ ।
वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले पराजित गर्दै किन्लिसले विजयी यात्रा तय गरेको हो ।
टस जितेर व्याटिङ थालेको वीरगञ्ज क्रिकेट ट्रेनिङ सेन्टर १२ ओभर ३ बल खेल्दै ५२ रन बनाएर अलआउट हुन पुग्यो । ५३ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको किन्लिसले ११ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चन्दन रामले लिएको ४ विकेट किन्लिसका लागि जित तय गर्ने बाटो खुल्यो ।
प्रतियोगिता अन्तर्गत भोली पनि २ खेल हुने आयोजक पर्सा क्रिकेट संघका अध्यक्ष मुर्तुजा अहमदले जानकारी दिए ।

यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।
सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

यातायात क्षेत्रका मजदुरहरूले भोलि (मंगलबार)देखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेरे आफूहरूमाथि आक्रमण गरेको बताएका छन् ।

मिति २०७९।१०।२६ गते अं.११:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ रेल्वे सडकखण्डबाट पेस्तोल देखाइ अपहरण गरी वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा स्थित एकान्त ठाउँमा लगी विशाल कुमार पटवाको साथमा भएको नगद नेपाली रू.६,५०,०००।– ( छ लाख पचास हजार ) रूपैया डकैती भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.नि.प्रज्वल थपलियाको कमाण्डमा तत्कालै प्रहरी परिचालन गर्दा वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वाबाट पीडित बिशाल कुमार पटवालाई उद्दार गरी अपहरण तथा डकैतीमा संलग्न व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा निम्न लिखित वतनका विजय महतो, मोजामिन मियाँ, सन्तोष लामा, सदाफ अन्सारी समेत ८ (आठ) जना पक्राउ गरिएको साथै वारदातमा प्रयोग भएको पेस्तोल थान-१ ( एक) ऐ.ऐ.को गोली राउण्ड-५ ( पाँच ) निम्न नम्बरको मो.सा.थान-३ ( तिन ) लुटिएको रकम मध्येका रू.४,९५,०००।– ( चार लाख पन्चान्वे हजार ) समेत बरामद गरी निजहरू विरुद्द अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धि कसूरमा थप अनुसन्धान भैरहेको ।

पक्राउ विवरण
१.अभियुक्त:-बिजय महत्तो
उमेर:- ३४ वर्ष
ठेगाना:- जि.पर्सा वी.म.न.पा.वडा नं.२४ रामगढवा
बरामद सामानः- ने.रू.४,९०,०००।– (चार लाख नवे हजार ) Made In USA लेखिएको पेस्तोल थान-१ ऐ.का.राउण्ड ५, म्यागजिन-१ , खुखुरी थान-१
२.अभियुक्त:-सदाम अन्सारी
उमेर:- ३० वर्ष
ठेगाना:- जि.पर्सा वी.म.न.पा.वडा नं.२ छपकैया
बरामद सामानः- BR01CR 2425 २२० सि.सि.को मो.सा.थान-१ रु.७००।– र कैची थान-१
३.अभियुक्त:-सन्तोष लामा
उमेर:- ३४ वर्ष
ठेगाना:- जि.पर्सा वी.म.न.पा.वडा नं.११
बरामद सामानः- रु.५००।– र कैची थान-१, ना.१० प २८०८ FZ मो.सा.थान-१

४.अभियुक्त:-मुकेश पटेल
उमेर:- २६ वर्ष
ठेगाना:- जि.बारा कलैया उ.म.न.पा.वडा नं.२३
बरामद सामानः- रु.४००।– र कैची थान-१, ना.६२प १०० २२० सि.सि.मो.सा.थान-१
५.अभियुक्त:-ईमाम अन्सारी
उमेर:- २४ वर्ष
ठेगाना:- भारत विहार पूर्वी चम्पारण जि.मोतीहारी रक्सौल अहिरवाटोल ७ बरामद सामानः- रु.६००।– र कैची थान-१
६.अभियुक्त:-रोशन थापा
उमेर:- ४० वर्ष
ठेगाना:- जि.पर्सा वी.म.न.पा.वडा नं.११
बरामद सामानः- रु.५००।- नगद
७.अभियुक्त:-मोजामिल मियाँ
उमेर:- ४२ वर्ष
ठेगाना:- जि.पर्सा वी.म.न.पा.वडा नं.११
८.अभियुक्त:-नबाब हुसेन
उमेर:- ३० वर्ष
ठेगाना:- जि.बारा परवानीपुर गा.पा.वडा नं.३ लिपनी

वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा भोली हुने महाआरतीमा सहभागि हुन भारतको काशी विश्वनाथका मूल पुजारी वीरगञ्ज आइपुग्नु भएको छ ।
वीरगञ्ज आइपुग्नु भएका काशी विश्वनाथका मूल पुजारी पण्डित डा.श्रीकान्त मिश्रलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वागत गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा वीरगञ्जमै पहिलो पटक पिपरा स्थित पशुपतिनाथ मन्दिरमा प्रवचन तथा महाआरती आयोजना गर्न लागेको हो ।
वीरगञ्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले काम अघि बढाएको हो ।
तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो ।
